Comments Add Comment

निर्वाचनपछि राजनीतिको नयाँ कोर्स सुरु हुन्छः नेता सिंह

७ भदौ, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले समृद्ध मुलुक बनाउन प्रमुख राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

गणेशमान सिंह हस्पिटलले बुधबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले राजनीतिप्रति जनतामा छाएको निराशा हटाउन पनि दलहरु एकताबद्ध भएर समृद्ध मुलुक बनाउनुपर्ने बताए ।

राजनीतिक व्यवस्था परिवर्तनका लागि ठुल्ठूला राजनीतिक परिवर्तन भए पनि मुलुकमा राजनीतिक संक्रमण कायमै रहनु दुःखद भएको उनले बताए । स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएपछि राजनीतिले नयाँ कोर्स लिने राजनीतिक स्थीरता आउने उनले विश्वास व्यक्त गरे । त्यसैले बाँकी रहेका निर्वाचन सम्पन्न गराउन प्राथमिकता दिनुपर्ने धारणा नेता सिंहको छ ।

‘समयको चाप छ । थारैसमय भित्र सरकार र संसदले गर्नुपर्ने कामहरु धेरै छन्,’ नेता सिंहले भने, ‘दिन रात लगाएर भए पनि आवश्यक ऐन कानुन पनि बनाउँदै जाने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ ।’

कार्यक्रममा ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । परिवर्तनको अनुभूति जनताले अब स्थानीय जनप्रतिनिधिले गर्ने ब्यहारबाट देखिने भएकाले जनभावना बुझेर काम गर्न समेत उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment