Comments Add Comment

सुशिललाइ चलेका ब्यानर र दर्शकले नपत्याएपछि…


नायक सुशिल क्षेत्रीलाइ दर्शकले अझै पनि चलचित्र ‘आगो’मा समावेश ‘माया बस्यो मुटुमा’ बोलको गीतका कारण बढी चिन्छन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त रहेका नायक सुशिल क्षेत्री अहिले भने खासै चर्चित छैनन् । हुनत, सुशिलले गतिलो कमब्याक गर्ने सोच पनि नराखेका होइनन् ।

चलचित्र ‘आगो २’ चल्ने समयमा सुशिलले आफ्नो दरिलो कमब्याक हुने बताएका थिए । तर, त्यो पनि सफल हुन सकेन । यो विचमा यी नायकले केही चलचित्रमा काम त गरे, तर कुनै पनि बक्स अफिसमा सफल हुन सकेन ।

नेपाली चलचित्रको कथावस्तु भन्ने शैली फेरिएपछि सुशिल क्षेत्रीमात्र होइनन्, नायक राजेश हमालदेखि दिलिप रायमाझी जस्ता कुनै समयमा चर्चित कलाकार पछि परेका छन् । दीलिप अमेरिका पुगिसकेका छन् । अमेरिकामा केही समय बसेर नायक रमेश उप्रेती नेपाल फर्किसकेका छन् । रमेश त अहिले आफैले चलचित्र निर्माण गर्दै नायक पनि बनेका छन् ।

सुशिलले आफ्नो भूमिकालाइ बदल्न नसक्दा उनी ओझेलमा परेको टिप्पणी गरिन्छ । राम्रा ब्यानरले सुशिललाइ चलचित्रमा लिएका छैनन् । यसैले पनि उनी चलचित्र क्षेत्रमा आफ्नो उपस्थिती मात्र जनाइरहेका छन् । चलचित्र क्षेत्र नयाँ पुस्ताको हातमा पुगिसकेको अवस्थामा फेरि चलचित्र क्षेत्रमा दरिलो उपस्थिती जनाउन सुशिललाइ सजिलो होला ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment