Comments Add Comment

दशैंमा कुन बाइक किन्दा कति छुट ?

३ असोज, काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ मोटरसाइकल र स्कुटर लोकप्रिय छ । सबै बर्ग र उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले नेपालमा मोटरसाइकल र स्कुटरको व्यापार बढ्दो छ । दशैं तिहारको अवसर बनाएर मोटरसाइकल किन्नेहरुको आजभोली शो-रुमहरुमा भीड छ ।

दशैं तिहारमा नयाँ बाइक चढ्न चाहानेहरु अहिले बाइक छानिरहेका छन् । दशैं तथा तिहारलाई लक्षित गर्दै मोटरसाइकल कम्पनीहरुले पनि आर्कषक अफर तथा योजना ल्याएका छन् ।

विक्रेता कम्पनीहरुले नगद छुट, हात खाली नहुने स्क्र्याच कुपन, टुर, नगद योजना सार्वजनिक गरेका छन् । यसले ग्राहकलाई पनि लोभ्याएको छ भने बाइकको ब्यापार पनि बढेको छ ।

टीभीएसमा ‘गुडे पनि नगुडे पनि २५,०००’

टीभीएसले दशैं तिहारको अवसरमा स्वर्ण १०० दिनको अफर ल्याएको छ । जस अन्तर्गत कुनैपनि टीटीएस मोटरसाइकलमा तुरुन्तै नगद रु ७००० र स्कूटरमा रु ९००० को छुट पाइनेछ । साथै हरेक दिन एक तोला सुन जित्ने मौका दिइएको छ । यो सुवर्ण अवसरलाई हातबाट जान नदिन कम्पनीले अनुरोध गरेको  छ ।

टीभीएसले दशैंतिहारको अवसरमा ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक टीभीएसको एक्सचेन्च मेला पनि आयोजना गरिरहेको छ । मेलामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत गरिँदैछ ।

विभिन्न् स्थानमा भइरहेको मेलमा सवारी धनीहरुले आफूसँगै भएको कुनै २ पांग्रे सवारीसाधन उत्कृष्ट मूल्यमा एक्सचेन्ज गरी टीभीएसको बजारमा उपलब्ध कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।

सवारीधनीसँग भएको कुनैपनि २ पांग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मुल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको छ ।

ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखी कम्पनीले जावलाखेल लगायत भक्तपुर, रवीभवन, चौतारा, ग्वार्को, खुशिबु र बनेपामा पनि यस्तै मेला आयोजना गर्दैछ ।

यामाहा बाइक किन्दा कार चढ्ने मौका

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।


‘क्यास-इन-ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्‍यापिड जित्न सकिनेछ ।

‘दसैं र तिहारको रौनकलाई थप उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौं । हामीलाई आशा छ स्योर सट डिस्काउन्ट, साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारको योजनाले हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेछन्’ यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले भने, ‘अब यामाहाका ग्राहकले महान चाड दसैं र तिहारमा यामाहा मोटरसाइकल तथा स्कुटरको रोमाञ्च अनुभव गर्न पाउनुहुनेछ । यो समय यामाहाका दुईपांग्रे सवारीसाधन किन्ने सबैभन्दा उत्तम समय हो किनभने ग्राहकले आफूले तिरेको पैसाको उच्चतम मूल्य पाउनुहुनेछ । हामीले यो योजना ग्राहकको सुविधालाई ध्यानमा राखेर ल्याएका हौं ।’

नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छु पाउनुहुनेछ । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नुहुनेछ । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडार् यापिड जित्न सक्नुहुनेछ ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड-एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।

यामाहाले भर्खरै नेपाली बजारमा एफजी२५ सार्वजनिक गरेको थियो । अत्याधुनिक ˆयुल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ ।

यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड-क्लास, स्टि्रट फाइटर’ बनाएको छ । एफजी२५ को मूल्य सीमित अवधिका लागि तीन लाख ४४ हजार नौ सय रुपैयाँ कायम गरिएको छ । दसैं अफर यामाहा एफजी२५मा पनि लागू भए पनि नगद छुट पनि उपलब्ध हुने छैन ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।

हिरोमा १ लाख जित्ने अवसर

दशैंको अवसरमा हिरो बाइकले पनि ‘दशैं तिहारमा भाग्यमनी भए’ अफर ल्याएको छ । हिरोले आफ्ना सबै बाइकमा ६ हजार छुटको घोषणा गरेको छ ।


त्यसैगरी स्क्रयाच कुपनमार्फत १ हजारदेखि १० हजारसम्म नगद पुरस्कारको व्यवस्था पनि कम्पनीले गरेको छ । साप्ताहिक बम्परमा एक लाखसम्म नगद जित्ने अवसर पनि दिइएको छ ।

हिरो बाइक पछिल्लो समयमा नेपालमा निकै रुचाइएको छ । त्यसैले हिरोले दशैंको अवसर पारेर ग्राहकलाई सुविधा दिन यस्तो अफर ल्याएको जनाएको छ ।

बजाजमा ६ लाखसम्म जित्ने मौका

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनी बजाजले २०७४ को दसैँ तिहारका लागि ‘६ नि शान’ योजना ल्याएको छ ।

यो रोमाञ्चक योजनाका दुई मुख्य अर्थहरु रहेका छन् । पहिलो अर्थ ‘६ वटा लक्ष्यहरु’ छन् र अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसंग आफू आबद्ध हुनु हो । जसले बजाज बाईक चढ्छ वा किन्छ त्यसले निकै गौरबको महसुश गर्दछ र यो उत्सव भनेको बजाज बाईक खरिद गर्ने उत्सव हो ।

यो योजनाको अवधिभर, खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्रयाच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले ६ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्टि्रब्यूटरहरुबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ ।

योजनाका बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘एच.एच. बजाज सधैँ आˆना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । यसका साथै हामी हाम्रा ग्राहकहरुका सबै खुसीमा साथ दिन चाहन्छौँ र यसका लागि दसैँ तिहार भन्दा राम्रो उत्सव के हुन सक्छ र हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुले यो योजना निकै मन पराउने छन् र योजनाबाट लाभान्वित पनि हुनेछन् ।

महिन्द्रामा रानीहार र थाइल्यान्ड टूर

बडादशैं तथा तिहारका उपलक्ष्यमा महिन्द्राका दुई पाङग्रे सवारी साधनमा उपहार योजना छ । महिन्द्राका दुई पाङग्रे सवारी साधनका लागि नेपालको आधिकारिक बिक्रेता अग्निमोटो इन्कले ‘महिन्द्रा सुनै-सुनको वष, रानीहारसँगै विदेशको यात्रा’ योजना ल्याएको छ ।

यस योजनामा ग्राहकले कुपन स्क्र्याच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउन सक्नेछन् ।
ग्राहकले यो चाडपर्वको वेलामा कुनै पनि महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क्र्याच कुपन पाउनु हुनेछ ।

कुपनलाई स्क्र्याच गरी न्यूनतम २.५ ग्रामदेखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने छ भने हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउनेछन् ।

त्यसै गरी बम्पर उपहारमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि मिल्ने छ ।
महिन्द्रा टु ह्वीलर उच्चतम प्रविधियुक्त बाइक तथा स्कुटरहरु हुन् । यी बाइक तथा स्कुटरहरुले कम इन्धन खपत गरी अधिकतम माइलेज दिँदै आएका छन् ।

सुजुकीमा तत्काल छुट

नेपालका लागि सुजुकी दुई पांग्रे सवारी साधनको आधिकारीक वितरक भिजि अटोमोबाइल्सले दशैं तिहारलाई लक्षित गर्दै सुजुकी दशैं तिहार चक्कामा ‘चक्का नगद पक्का’ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि मोटरसाईकलको खरिदमा ७ हजार र स्कुटरमा ९ हजार रुपैयाँ नगद छुट तत्काल प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै ग्राहकले स्क्र्याच कार्ड मार्फत एक लाखसम्मको थप नगद छुट र बम्पर उपहारमा रिनायुल्ट क्वीड कार जित्न सक्ने जनाइएको छ ।

यो योजना सुजुकीको देशभरमा रहेका सबै ७० वटा शोरुममा भदौ ८ गतेदेखि लागु गरिएको छ । यो योजनाका अतिरिक्त कम्पनीले सबै प्रकारका दुई पांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेको छ । यसैगरी योजना अवधिभर कम्पनीले सबै शोरुममा एक्सचेन्ज र फाईनान्सको सुविधा उपलब्ध गराएको छ ।

सुजुकी जापानीज बाइक निर्माण गर्ने विश्वव्यापी ख्याति प्राप्त एक प्रमुख बाइक निर्माता कम्पनी हो । अहिले विश्वको प्राय सबैजसो देशमा यसको उपस्थिति रहेको छ । हरेक समुहका ग्राहकको लागि उपयुक्त हुने दुई पाँग्रे सवारी साधनहरु यसले उत्पादन गर्दै आएको छ ।

बिश्वभरि धेरै पुरस्कार प्राप्तगर्न सफल सुजुकीले विभिन्न आकर्षक रंग र उचित मूल्यका बाइक नेपालमा उपलब्ध गराएका छन् । भिजि अटोमोबाइल्सको देशभरि बिस्तारित सञ्जाल बाट विश्वस्तरीय सुजुकीका दुई पांग्रे सवारी साधनहरु बिक्री बितरण गरिएका छन् । साथै देशभर रहेका आफ्ना सर्भिस सेन्टरबाट कम्पनीले उत्कुष्ट सर्भिस पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment