Comments Add Comment

घोषणा भयो नेवारी चलचित्र ‘आँ छु यायँ’


नेपालमा विभिन्न भाषाका चलचित्र बनेतापनि त्यसले गलितो बजार पाएका छैनन् । नेपाली भाषाकै चलचित्रको दबदबा र बजार रहेको समयमा अन्य भाषाका चलचित्र खुम्चिएका छन् । ३० बर्ष अगाडि बनेका नेपाल भाषाका चलचित्र ‘राजमति, सिलु’ अझै पनि दर्शकको मनमा बसेका छन् ।

८ लाख सम्मको बजेटमा नेपाल भाषाका चलचित्र बनाउनुपर्ने र च्यारेटी गरेर पैसा उठाउनुपर्ने वाध्यता निर्मातामा छ । तर, चलचित्रको बजार विस्तार भएसँगै अब विभिन्न भाषाका चलचित्रहरु पनि फस्टाउन थालेका छन् । यहीक्रममा, जिमिगु सः फिल्म प्रोडक्शनले नयाँ प्रविधीको प्रयोगमा ठूलै लगानीमा नयाँ नेवारी फिल्म निर्माणको घोषणा गरेको छ ।

चलचित्र निर्माता प्रकाश लाल जोशीका अनुसार पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषाको चलचित्र बनाउन लागिएको हो । चलचित्रको नाम आँ छु यायँ’ राखिएको छ । यो चलचित्र चालिसदेखि पचास लाखको बजेटमा बन्नेछ । यो चलचित्रलाइ समिर बलामीले निर्देशन गर्ने छन् । निर्देशक बलामीले नेवारी चलचित्रको मार्केट खोज्न सोही अनुसारको चलचित्र बनाउन लागि परेको निर्माण टिमलाई आफूपनि सहभागी भएर सहयोग गरेको बताए ।

चलचित्रका लागि कलाकारको खोजी पनि गरिएको छ । दशै लगतै अडिसन गरेर कलाकार खोजिने समिरले बताए । पोखरा, मनाङ, मुस्ताङ र काठमाण्डौमा चलचित्रको छायांकन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment