+
+

मलेसियामा दुर्घटना ज्यान गुमाएका दुई नेपालीको परिचय खुल्यो

क्वालालम्पुर । मलेसियाको ज्ञान्तिङमा बस दुर्घटनामा परी ज्यान गुमाएका दुई नेपालीको पहिचान खुलेको छ । विहीवार ज्ञान्तिङ हाईलैण्डमा वाट क्वालालम्पुर तर्फ आईरहेको वस सिम सुई चाईनिज मन्दिर नजिकै भएको बस दुर्घटनामा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १० गते ९:५१

रामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियाको ज्ञान्तिङमा बस दुर्घटनामा परी ज्यान गुमाएका दुई नेपालीको पहिचान खुलेको छ । विहीवार ज्ञान्तिङ हाईलैण्डमा वाट क्वालालम्पुर तर्फ आईरहेको वस सिम सुई चाईनिज मन्दिर नजिकै भएको बस दुर्घटनामा परी दाङ हापुर-१ का २६ वर्षीय प्रेम वहादुर वुढा मगर र धनकुटा आहाले ७ का ४३ वर्षीय नरेन्द्र राई रहेका छन् ।

मृतक दाङका वुढा मगर सेविरो सेक्युरिटिमा ज्ञान्तिङमा कार्यरत रहेका थिए । उनी साथीहरुलाई भेटि होस्टलतर्फ र्फकदै गर्दा दुर्घटनामा परेका थिए । ६ वर्ष अगाडि मलेसिया आएका वुढा एक पटक पनि घर गएका थिएनन । मृतक राई भने ज्ञान्तिङहाईलैण्ड भन्दा केहि तल रहेको वुकितिङ भन्ने ठाउँमा खेतिपाति गर्ने ठाउँमा काम गर्ने गरेका थिए ।

मृतक राई ११ वर्ष अगाडि रोजगारीमा सिलसिलामा मलेसिया आएको वुझिएको छ । हाल दुवैजनाको शवलाई पोसमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउनको लागि पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?