Comments Add Comment

नेपाल बैकले शाखाहरुलाई नाफामुखी बनाउने

१० भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेड व्यवस्थापन समुहले मुलुकभर फैलिएका सम्पूर्ण शाखाहरुलाई ग्राहक मैत्री बनाई नाफामुखी बनाउनुपर्नेमा जोड दिएको छ । बैंकको उच्च व्यवस्थापन र शाखा प्रबन्धकबीच शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त जोड दिइएको हो ।

Nepal-Bank-Ltdकार्यक्रममा बैंकका शाखाहरुको कारोबार विस्तार, ग्राहकहरुलाई बैंकले दिनुपर्ने सेवा सुविधा, वित्तीय संस्थाहरुबीच विद्यमान प्रतिस्पर्धात्मक अबस्था र बैंकका शाखाहरुलाई ग्राहकमैत्री बैंकका रुपमा रुपान्तरण लगाएतका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै बैंक व्यवस्थापन समुहका संयोजक महेश्वरलाल श्रेष्ठले गत आवमा बैंकले आशातित उपलब्धीहरु हसिल गरेको बताउनुभयो ।

संयोजक श्रेष्ठले गत आर्थिक वर्षमा बैंकले ७९ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको, बैंकमा निक्षेप तथा कर्जा सापटीमा वृद्धि भएको, कमिशन तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको, खराब कर्जा असुली तथा निष्कृर्य कर्जाको अनुपातमा समेत उत्साहजनक उपलब्धी हासिल भएको बताउनुभयो । बैंकको निष्कृय कर्जा अनुपात गत आर्थिक वर्षमा ४.५३ प्रतिशतमा झरेको छ ।

बैंकले समिक्षा अवधिमा ६२ अर्व ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले विभिन्न क्षेत्रमा १० अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको बताइएको छ ।

बैंक व्यवस्थापन समूहको सुरक्षीत कर्जा विस्तार गर्ने, निक्षेप वृद्धि गर्ने, ग्राहक सेवा गुणस्तरमा वृद्धि गर्ने, बैंकका शाखाहरुको आधुनिकिकरण गर्ने, आधुनिक बैकिङ्ग तथा वित्तीय सेवा तथा सुविधाहरु विस्तार गर्दै जाने र व्यवसायिक सम्भावना भएका स्थानहरुमा शाखाहरु पुर्नस्थापना गर्दै जाने नीति अनुसार बैंकले गत आर्थिक बर्षमा उल्लेख्य उपलब्धीहरु हासिल गर्न सफल भएको संयोजक श्रेष्ठले दाबि गर्नुभयो ।

अन्तरक्रियामा बैंक उच्च व्यवस्थापन र शाखा प्रवन्धकहरु गरी ५२ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment