+
+

बेल्जियममा नेपालीले मनाए कृष्ण जन्माष्टमी पर्व

लुभेन । बेल्जियमस्थित नेपालीहरुले बेल्जियमको दुर्वे स्थित राधा-देश (राधा-कृष्ण मन्दीर) मा श्री कृष्ण जन्माष्टमी पर्व आइतवार भब्य उत्सवका साथ मनाएका छन् । उक्त अवसरमा बेनेलक्स तथा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोख्रेलको बिषेश उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट उहाँलाई बिषेश सम्मान गरिनुको साथै नेपाल र नेपालीहरुको तर्फबाट जन्माष्टमी पर्वको सबैलाई शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ११ गते ७:१५

बिष्णु सापकोटा

लुभेन । बेल्जियमस्थित नेपालीहरुले बेल्जियमको दुर्वे स्थित राधा-देश (राधा-कृष्ण मन्दीर) मा श्री कृष्ण जन्माष्टमी पर्व आइतवार भब्य उत्सवका साथ मनाएका छन् । उक्त अवसरमा बेनेलक्स तथा बेल्जियमका लागि नेपाली राजदूत राममणि पोख्रेलको बिषेश उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट उहाँलाई बिषेश सम्मान गरिनुको साथै नेपाल र नेपालीहरुको तर्फबाट जन्माष्टमी पर्वको सबैलाई शुभकामना दिदै उहाँले जन्माष्टम्मी पर्वको बारेमा भागवत गीतामा कृष्णको सन्देस मानव जीवनको निमित्त ज्यादै उपयोगी रहेको समेत बताउनु भयो ।1

 यसैगरी बेल्जियम एनआरएनका अध्यक्ष प्रेम गुरुङले जन्माष्टमी पर्वको अवसरमा सबैलाई शुभकामना दिदै जो जहाँ रहे पनि धर्मले समाजलाई अनुसासन सिकाउने कुरा बताउँदै आफु पनि यस्तै पर्वहरुमा सरिक हुँदै आएको बताउनु भयो । यसै गरी सनातन धर्म सेवा परिषद बेल्जियमका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ परिषद्को तर्फबाट बेल्जियममा नेपाली साँस्कृतिक जगेर्नार्थ हुने गरेका बिबिध नेपालीहरुका धार्मिक तथा ठुला चाड पर्वहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।2

नेपालीहरुको तर्फबाट हरेक वर्ष कृष्ण जन्माष्टमी पर्व बेल्जियमको राधा-देशमा बिशेष उत्सवका साथ मनाउने गरिन्छ । यसरी मनाउने गरिएको जन्माष्टमी पर्व बेल्जियमको दुर्वे स्थित राधा-देशको आयोजनामा प्रत्येक बर्ष संसार भरिका करिव २० देशका लगभग ५ हजार भन्दा बढी हिन्दु दर्शनार्थी हरुको भिड लाग्ने गरेको आयोजकले बताउदै आएको छ । बिगत ६-७ बर्ष देखि नेपालीहरुको पनि दर्शनार्थीका निमित्त ठुलो सख्यामा उपस्थिति हुन गरेको छ ।

यस्तै गरी यस वर्ष पनि सनातन धर्म सेवा परिषद बेल्जियमको आयोजनामा बेल्जियमको आन्त्रोपेन, ब्रसेल्स तथा लुभेन क्षेत्रबाट बसको व्यवस्था सहित उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो । स्मरण रहोस साधारण तय यस बर्षको कृष्ण जन्माष्टमी पर्व २८ अगष्टका दिन परेपनि राधदेश (कृष्ण मन्दिर) मा उत्सव गत २५ अगष्ट आइतबार मनाइएको हो ।3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?