Comments Add Comment

शाइन रेसुङ्गाद्वारा २० प्रतिशत बोनस प्रस्ताव

shine resunga bank logo

१३ भदौ, काठमाडौं । गुल्मीस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको १११ औं बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकले अनुमोदन गरे पछि मात्र अन्तिम हुनेछ ।

बैंकले प्रतिसेयर आम्दानी २८ रुपैयाँ हुने गरी गत आवमा ८ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ । १२ करोड १५ लाख रुपैयाँ जगेडा कोष रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment