+
+
Shares

चुनावविरुद्ध काठमाडौंमा बैद्य माओवादीको मार्चपास

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ८:३९

१४ भदौ, काठमाडौं । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंम सेवकले चुनाव बहिस्कार गरौं भन्दै राजधानीमा मार्चपास गरेको छ ।

राष्ट्रिय युवा जनस्वयंम सेवकको नेवाः राज्य समितिको आहृवानमा भएको भएको मार्चपासमा रातो टिर्सट लगाएर युवाहरु सहभागी भएका थिए । उनीहरुले चुनाव राष्ट्रघाति र धोका भएको भन्दै नाराबाजी गरेका छन् । 

nao-march-pass

नयाँबानेश्वर पानीट्यांकीबाट सुरु भएको मार्चपास मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, घण्टाघर, दरबारमार्ग, ठमेल, भेडासिंह, इन्द्रचोक हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई माओवादी महासचिव रामबहादुर थापा बादलले अब काठमाडौंबाट जनविद्रोह गर्ने चेतावनी दिनुभयो । आफूहरुले सहमति चाहेको तर, बाइपास गरेर गए जनविद्रोह गर्ने उहाँको भनाई थियो ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?