+
+
Shares

चुम्लुङले रजत जयन्ती मनाउने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते २:०३

१४ भदौ, काठमाडौं । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान : लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङवेरे हेक्याम्’ भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङले रजत जयन्ती मनाउने भएको छ । आगामी भदौ १७ गते चुम्लुङको भवन ललितपुरमा उपराष्ट्रपति परमानन्द झाले उक्त रजत जयन्तीलाई उद्घाटन गर्दैछन् ।

लिम्बूहरूले आफनो पहिचान र थातथलो लिम्बुवानको संरक्षण, सम्बर्द्धन र विकासको लागि आआफनो रजत जयन्ती मनाउने क्रममा वर्षभरी नै लिम्बुवान राष्ट्रिय जागरण अभियान सञ्चालन, लिम्बु अन्तरराष्ट्रिय सम्मेलन गर्ने, प्रकाशन, अभिलेखिकरण र प्रचारप्रसार गर्ने, तङसिङ, धार्मिक अनुष्ठान लगायत परोपकारी कार्यक्रम, पुनर्मिलन तथा अन्तरक्रिया सम्वाद कार्यक्रम, सांस्कृतिक, साहित्यिक कार्यक्रम तथा महोत्सवहरूको आयोजना, प्रशंसा, कदर र सम्मान कार्यक्रम, युप्पा तङवे स्तम्भ तथा संरक्षित वनजंगलहरूको स्थापना गर्ने लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?