Comments Add Comment

संविधान संशोधन गर्न रेग्मीसमक्ष आग्रह

१५ भदौ, काठमाण्डौं । उच्चस्तरीय राजनीतिक समितिका शीर्ष नेताहरूले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई आज बिहान भेटी उपेन्द्र यादव नेतृत्वको मोर्चासँग भएको सहमतिबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका समितिमा सम्मिलित शीर्ष दलका नेताहरुले संविधान संशोधन गरी सहमतिलाई कार्यान्वयन गर्नेबारेमा अध्यक्ष रेग्मीलाई आग्रह गरेका थिए ।

रेग्मीलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, मधेसी मोर्चाका संयोजक विजय गच्छादार बालुवाटार पुगेका थिए ।

छलफलमा उपेन्द्र यादब नेतृत्वको मोर्चासँग भएको सहमतिका आधारमा संविधान संशोधनसहितका विषयमा अघि बढ्न अध्यक्ष रेग्मीलाई आग्रह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment