+
+

मलेसियाको नेपाली राजदूतावासले घरदैलो अभियान थाल्दै

१५ भदौ, क्वालालम्पुर । मलेसिया सरकारले आफनो देशमा रहेका करिव ५ लाख अबैध बिदेशी कामदारलाई धरपकड गर्दे स्वदेश फर्काउने घोषणा गरे लगत्तै नेपाली राजदूतावास मलेसियाले नेपाली श्रमिकसँग घर दैलो अभियान थाल्ने भएको छ ।

जस अनुसार आईतवार नेपालीहरुको वाक्लो उपस्थिति रहने जाहोरवारुको सिटिस्वायर क्षेत्रमा घर दैलो अभियान हुने जनाएको छ । आफ्ना देशका नागरिकहरु नआत्तिउन भनेर अभियान थालिएको नेपाली दुतावास श्रोतले जानकारी गराएको छ । दुतावासले सवै नेपाली नागरिकहरुलाई पासपोर्टको फोटोकपि, नागरिकता लगायतका सामाग्रीहरु सधै साथमा राख्न समेत अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १५ गते ३:२४

रामचन्द्र नेपाल

१५ भदौ, क्वालालम्पुर । मलेसिया सरकारले आफनो देशमा रहेका करिव ५ लाख अबैध बिदेशी कामदारलाई धरपकड गर्दे स्वदेश फर्काउने घोषणा गरे लगत्तै नेपाली राजदूतावास मलेसियाले नेपाली श्रमिकसँग घर दैलो अभियान थाल्ने भएको छ ।जस अनुसार आइतवार नेपालीहरुको वाक्लो उपस्थिति रहने जाहोरवारुको सिटिस्वायर क्षेत्रमा घर दैलो अभियान हुने जनाएको छ ।malaysia tower

आफ्ना देशका नागरिकहरु नआत्तिउन भनेर अभियान थालिएको नेपाली दूतावास श्रोतले जानकारी गराएको छ । दूतावासले सवै नेपाली नागरिकहरुलाई पासपोर्टको फोटोकपि, नागरिकता लगायतका सामाग्रीहरु सधै साथमा राख्न समेत अनुरोध गरेको छ । भोलीआइतवार देखि सुरु हुने यो अभियानमा करिव १लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको मलेसियाको दैनिक पत्रिका द स्टारले केहि दिन अगाडि जनाएको थियो । पत्रिकाकाअनुसार अध्यागमन बिभागको नेतृत्व हुन लागेको यो अपरेशनमा प्रहरी, हतियारधारी सुरक्षाकर्मी, रेलालगायतको फोर्स परिचालन गरिने बताइएको छ ।

गैरकानुनी विदेशी कामदारको गढका रुपमा चिनिएका क्वालालम्पुर, सेलेङगर, पेनाङ र जोहोरबाहरुका मुख्य स्थानमा छापा मार्ने तयारी गरिएको समाचारमा उल्लेख गरिएको छ । दुई वर्षअघि मलेसिया सरकारले सुरु गरेको ‘घर र्फक वा बैधानिक होउ’ अभियान अन्तरर्गत बायोमेटिक प्रणालीमा दर्ता भए पनि त्यसपछिका प्रकृयामा सामेल नभई अबैधानिकरुपमै बसेका बिदेशी कामदारलाई लक्षित गरी यो अभियान संचालन गर्न लागिएको अध्यागमनबिभागले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?