Comments Add Comment

डोलिडारको महानिर्देशकमा उपाध्याय नियुक्त

१५ भदौ, काठमाण्डौ । स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) को महानिर्देशकमा भीमप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । विभागका तीन उपमहानिर्देशक उपाध्याय, रामकृष्ण सापकोटा, जीवनकुमार श्रेष्ठमध्ये पहिलो नम्बरमा रहनुभएका उपाध्यायलाई सङ्घीय व्यवस्था तथा स्थानीय विकास मन्त्रालयले भदौ १४ गते शुक्रबार महानिर्देशकको जिम्मेवारी दिएको हो ।

विभागका महानिर्देशक भुपेन्द्रबहादुर बस्नेतले शुक्रबारदेखि अवकाश प्राप्त गर्नुभएको हो । स्थानीयस्तरका पूर्वाधार विकासका लागि सरकारले विसं २०५५ भदौ ८ गते विभागको स्थापना गरेको हो । उपाध्याय पूर्वाधार विकास विज्ञका रुपमा परिचित हुनुहुन्छ । ती विषयमा उहाँले लामो समयदेखि लेख रचनासमेत विभिन्न पत्रपत्रिकामा प्रकाशन गर्दै आउनुभएको छ ।

विभागअन्तर्गत ७५ जिल्लामा प्राविधिक कार्यालय रहेका छन् । स्थानीय स्वायत्त शासन ऐन तथा स्थानीय पूर्वाधार नीतिअनुरुप विभागले स्थानीय पूर्वाधारका सातवटा क्षेत्र यातायात प्रणाली -सडक), खानेपानी, साना सिँचाइ, सडक जोड््ने पुल, झोलुङ्गे पुल, नदी नियन्त्रणलगायतमा काम गरिराखेको छ । विभागले हालसम्म करिब ३५ हजार किलो मिटर कच्ची सडक निर्माण गरिसकेको छ ।

विभागका स्थानीय पूर्वाधारका कार्यक्रमलाई विश्व बैंक, स्विस अन्तर्राष्ट्रिय सहयोग नियोग, विश्व बैँक, फिनल्यान्ड, जापानलगायतले सहयोग गरिराखेको छ । हाल विभागअन्तर्गत २० भन्दा बढी आयोजना सञ्चालित रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment