१५ भदौ, पाँचथर । संघीयताविरुद्ध देशव्यापी अभियान लिएर हिँडेका राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले शनिबार पाँचथर सदरमुकाम फिदिममा लिम्बुवान कार्यकर्ताको विरोधको सामना गर्नुपरेको छ । अभियानका क्रममा इलामको फिक्कल र इलाम बजारमा पनि राजमो कार्यकर्तामाथि लिम्बुवान कार्यकर्ताले अवरोधको प्रयास गरेका थिए ।
शनिबार पाँचथर सदरमुकाममा आयोजित कोणसभामा मञ्चसम्वद्ध संघीय लिम्बुवानका कार्यकर्ताले ढुंगा प्रहार गरेको तर प्रहरीले हस्तक्षेप गरेपछि भागेको राष्ट्रिय जनमोर्चाका रामबहादुर बूढाले बताउनुभयो । ढुंगा प्रहारबाट कसैलाई ठूलो चोटपटक नलागे पनि सुरेन्द्र भण्डारी, विष्णु थिंग र तिलक गाहामगरलाई सामान्य चोटपटक लागेको बूढाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4