Comments Add Comment

के छापियो आइतबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० भदौ १६ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालको विजयी सुरुवात भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले कांग्रेसले एमाओवादीभन्दा एमालेको कडा आलोचना गरेको खबरलाई मुख्य बनाएको छ भने, संविधानको हुर्मत नलिनुस् भनेर राष्ट्रपतिले प्रमुख दललाई भनेको खबर नागरिक दैनिकले मुख्य रुपमा छापेको छ ।

चुनावका लागि टिकटको दौडधुपमा डनहरु लागि परेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने सडक विस्तार सुस्त भएको यात्रुहरु रुष्ट भएको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment