+
+
Shares

शक्ति समूहलाई रामोन म्यागासेसे पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते ४:१५

१६ भदौ, काठमाण्डौं । गैरसरकारी संस्था शक्ति समूहले यस बर्षको रामोन म्यागासेसे पुरस्कार प्राप्त गरेको छ । नेपालमा मानव तस्करी र महिला बेचबिखनविरुद्ध उल्लेखनीय काम गरेवापत शक्तिले सो पुरस्कार पाएको हो । फिलिपिन्सकी प्रधानन्यायाधीश मारिया लोउर्डेस सेरिनोले उक्त समूहलाई पचास हजार अमेरिकी डलर नगद र प्रशंसापत्र प्रदान गर्नुभयो । यो पुरस्कारलाई एसियाको नोबेल पुरस्कार जत्तिकै प्रतिष्ठित मानिन्छ । प्रधानन्यायाधीश सिरिनोले यस वर्षका अन्य विजेतालाई पनि सो पुरस्कार प्रदान गर्नुभयो ।

shakti_magsaysay

फिलिपिन्सको राजधानी मनिलास्थित फिलिपिनो साँस्कृतिक केन्द्रमा शनिबार सम्पन्न एक विशेष समारोहमा समूहकी अध्यक्ष सुनिता दनुवारलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

फिलिपिन्सका पूर्व राष्ट्रपति रामोन म्यागासेसेको ५५ औं स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको उक्त समारोहमा उक्त अवधिमा यो पुरस्कार प्राप्त गरेका दुईसय ५० जना भन्दाबढी व्यक्तिको सहभागिता रहेको रामोन म्यागासेसे प्रतिष्ठानले प्रतिष्ठानले जनाएको छ ।

शक्ति समूह मानव तस्करी र महिला बेचबिखनमा परेकाहरूद्वारा सञ्चालित विश्वको पहिलो गैरसरकारी संस्था हो । सत्र वर्षअघि भारतका दिल्ली, मुम्बइलगायत सहरमा अवस्थित वेश्यालयमा नारकीय जीवनयापन गर्न बाध्य पारिएका ५ सय युवती र महिलालाई उद्धार गरी काठमाडौँमा समूह स्थापना भएको थियो । देशका ११ जिल्लामा सक्रिय उक्त समूहमा हाल ६ सय ७० महिला आश्रति छन् ।

यसअघि नेपालका महेशचन्द्र रेग्मी, वरिष्ठ पत्रकार भारतदत्त कोइराला, डा. सन्दुक रुइत र महावीर पुन उक्त पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । रेग्मीले सन् १९७७, कोइरालाले २००४, डा. रुइतले २००६ र पुनले सन् २००७ मा उक्त पुरस्कार प्राप्त गर्नुभएको थियो ।

फिलिपिन्सका पूर्व राष्ट्रपति म्यागासेसेको नाममा सन् १९५८ मा उक्त पुरस्कार स्थापना भएको हो । विमान दुर्घटनामा परी तत्कालीन राष्ट्रपति म्यागासेसेको सन् १९५७ मा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?