Comments Add Comment

गगनलाई उम्मेदवार बनाएकोमा सुप्रभा असन्तुष्ट

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापालाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेपछि विवाद सुरु भएको छ । अघिल्लो संविधानसभामा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ निर्वाचित सुप्रभा घिमिरेले उम्मेदवारी सिफारिसको विरोध गर्नु भएको हो ।

index

पूर्व सभासद घिमिरेले मंगलबार पत्रकार सम्मेलन गरेर षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनुभयो । ‘भन्नलाई लोकतान्त्रिक विधी भन्ने तर, घोर अप्रजातान्त्रिक र षड्यन्त्रमुलक रुपमा काम गर्ने’ घिमिरेले भन्नुभयो-‘प्रत्यक्षको उम्मेदवारमा पहिलो नाम मेरो हुनुपर्छ ।’ इकाइबाट नै नाम नआएकाले प्रत्यक्षमा उम्मेदवार नबनाएको भनेर क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले आफ्नो अपमान गरेको उहाँको आरोप छ ।

घिमिरेले कुनै समय आफूले समानुपातिकबाट सभासद हुने सुनिश्चित भए प्रत्यक्षमा नउठ्ने बताएको तर, अब कुनै हालतमा समानुपातिकमा नबस्ने बताउनु भयो । कसले षड्यन्त्र गरेको हो भन्ने प्रश्नमा घिमिरेले केन्द्रीय सदस्य समेत रहेका गगन थापाले सबैलाई मिलाउनु पर्नेमा त्यसो नगरेको भन्दै असन्तुष्टी समेत जनाउनु भयो ।

घिमिरे समर्थकले उम्मेदवार सिफारिसको निर्णय सच्याउन माग गर्दै क्षेत्रीय र जिल्ला सभापतिलाई ज्ञापन पत्र बुझाएका छन् । पार्टी सभापति सुशील कोइरालालाई भने आफैंले भेटेर ज्ञापन पत्र बुझाउने घिमिरेले बताउनु भयो । पार्टी केन्द्रीय सभासपतिलाई भेट्न समय लिन प्रयास गरेको हो तर, सम्पर्क हुन सकेको छैन’ घिमिरले भन्नुभयो ।

कांग्रेस ४ नम्बरबाट प्रत्यक्षतर्फ गगन थापासँगै चिरन्जीवीनिधि तिवारी र क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिकमा राजु श्रेष्ठ, कर्माछेरिङ शेर्पा, आत्मराम पाडेल, सुप्रभा घिमिरे र अनार बस्नेतको नाम सिफारिस भएको छ ।

छुट्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment