+
+
Shares

जीप र ट्रक ठोक्किदा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते ३:३७

१९ भदौ, बारा । बारामा भारतीय नम्बर प्लेटको टाटा सुमो जिप र ट्रक एक आपसमा ठोक्किदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । दर्घटनमा परी अन्य ८ जना घाइते भएका छन् ।

विआर ०६ जी ५९६९ नम्बरको भारतीय नम्बर प्लेटको टाटा सुमो जिप र लु १ ख ४८३८ नम्बरको ट्रक गएराति बाराको जीतपुरमा एक आपसमा ठोक्किदा भारत रक्सौलका ललितकुमार अग्रवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?