Comments Add Comment

द ब्रिटिस कलेज एशियाका दुई देशमा विस्तार गरिने

१९ भदौ, काठमाण्डौ । नेपालमा बेलायती विश्वविद्यालयको पाठ्यक्रम अध्ययन गराउँदैं आएको द ब्रिटिस कलेजले आफुलाई अन्तराष्ट्रिय कलेजका रुपमा अगाडी बढाउँदै अन्य दुई एशियाली मुलुकमा विस्तारको तयारी गरेको छ ।

बुधबार काठमाण्डौमा भएको कलेज सल्लाहकार समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले काठमाण्डौमा रहेको कलेजमा १० प्रतिशत अन्तराष्ट्रिय बिद्यार्थी अध्ययन गराउने र अन्य दुई मुलुकमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

को पहिलो वाषिर्क सल्लाहकार समितिको बैठक कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कडेंलको अध्यक्षतामा सम्पन्न भएको छ । बोर्डमा नेपाल र बेलायतका उच्चस्तरीय प्राज्ञिक र व्यवसायीक व्यक्तित्वहरुको सम्मिलित छन् ।

the-british-college“स्तरीय शिक्षासँगै द ब्रिटिस कलेजमा १० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु ल्याउने हाम्रो योजना छ र हामीले यो क्याम्पसलाई एसियाका दुई भिन्न देशहरुमा पनि विस्तार गर्ने योजना बनाइरहेका छौँ ।’ कँडेलले भन्नुभयो-‘यससँगै द ब्रिटिस कलेजका विद्यार्थीहरुले आफ्नो पढाइका केही अङ्शहरु बेलायतमै पनि पूरा गर्न सक्ने अवसर हामीले दिएका छौँ ।”

बुधबार बसेको बोर्ड बैठकले कलेजको रणनीति, विकास गतिविधी, योजना र कलेजको भविष्यका बारेमा छलफल गरेको थियो । बोर्डमा दुई देशबीचको समधुर सम्बन्धलाई थप टेवा पुर्‍याउने र कलेजको लक्ष्यलाई कसरी पूरा गर्ने भन्ने विषयमा पनि छलफल गरेको थियो । साथै, बोर्डले द ब्रिटिस कलेजको विस्तार, यसको भविष्यका बारेमा छलफल गरेको थियो । यसबाहेक बेलायती शिक्षालाई नेपालमा कसरी बढी प्रभावकारी बनाउँदै स्थापित गरेर लैजाने र बेलायतको भिसामा बढेको कठिनाईका बारेमा समेत छलफल भन्ने विषयमा समेत छलफल गरेको थियो । बैठकमा पिछडिएका, सिमान्तीकृत वर्गका विद्यार्थीलाई कसरी छात्रबृतिमा सहभागी गराउने बारेमा पनि छलफल भएको थियो ।

हाल द ब्रिटिस कलेजमा विभिन्न ६ देशका विद्यार्थीहरु अध्ययनरत रहेको र यसलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको थप आकर्षण कसरी बनाउने भन्ने सम्भावित उपायहरुका बारेमा समेत छलफल गरेको थियो । समग्रमा सल्लाहकार बोर्डले द ब्रिटिस कलेजले नेपालमा उच्चस्तरीय बेलायती डिग्री उच्चस्तरीय व्यवस्थापनका साथ सम्पूर्ण तहका विद्यार्थीहरुलाई अध्ययन गराएकोमा आकषिर्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment