+
+
Shares

एघार प्रहरीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते ३:२१

२१ भदौ, खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतमा रहेको अवस्थामा ज्यान गुमाएका खोटाङका एक थुनुवाको प्रहरी यातनाकै कारण मृत्यु भएको भन्दै क्षतिपूर्तिसहित ११ जना प्रहरीलाई कारबाहीको सिफारिस गरेको छ ।

पाथेका-२ का १८ वर्षका भुदेउ भनिने किरण राईको प्रहरी यातनाकै कारण ज्यान गएको भन्दै यातना दिने कार्यमा संलग्न नायब प्रहरी निरीक्षकसहित ११ जना प्रहरीलाई कारकाही गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो ।

उपचारका क्रममा गत असार २६ गते ज्यान गुमाएका भुदेउको प्रहरीको यातनाबाट मृत्यु भएको पुष्टि भएपछि आयोगले उनलाई यातना दिनमा संलग्न प्रहरी नायव निरीक्षक महेन्द्र खत्री र मुकुन्दप्रसाद बिडारी, प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरू नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्कालाई मुलुकी ऐन ज्यानसम्वन्धी महलबमोजिम कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष सिफारिस गरेको हो ।

आयोगले तत्कालीन प्रहरी नायव उपरीक्षक राजिव बस्नेत र प्रहरी निरीक्षक रमेशकुमार देवलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको आयोगको सदरमुकाम दिक्तेलस्थित उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार कुटपिट र यातनाबाट मृत्यु भएको भन्दै आयोगले मानव अधिकार आयोग ऐन २०६८ को दफा १६ को ३ अनुसार मृतक परिवारलाई रु तीन लाख क्षतीपूर्ति उपलव्ध गराउन सरकारसमक्ष सिफारिस गरेको छ ।

हत्याको आरोपमा गत जेठ २८ गते पक्राउ परेका भुदेउको उपचारका क्रममा असार २६ गते बिहान ११ बजे जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको थियो ।

आफन्तले राईको मृत्युलाई शङ्कास्पद मानेपछि जिल्ला बाहिरका चिकित्सक ल्याएर मानव अधिकारकर्मीको रोहबरमा चार दिनपछि शव परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?