२१ भदौ, रोल्पा । रोल्पामा एक बाबुले आफ्नै छोराको हत्या गर्ने प्रयास गरेका छन् ।
पश्चिम रोल्पाको राङसी-२ घर भई सदरमुकाम लिबाङस्थित सुर्खेती डाँडा डेरा गरी बस्ने टेकबहादुर पुनले बिहीबार आफ्नै आठ वर्षीय छोरालाई विष सेवन गराई हत्या गर्ने प्रयास गरेका हुन् ।
दुईवटी विवाह गरेका पुनले कान्छी श्रीमतीलाई कोठामा छाडेर छोरालाई सुलिचौर घुमाउन लैजाने बहाना बनाएर लिबाङ ६ आर्मी ब्यारेक नजिक मानिस नभएको घरमा विषादी खुवाएर त्यही छोडी भागेका थिए ।
सुनसान घरमा आठ वर्षीय बालकलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाए लगत्तै बालकलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि भर्ना गरेको थियो ।
छोरालाई विषादी खुवाउने टेकबहादुर भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4