२३ भदौ, काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
फाइनान्स सञ्चालक समितिको १३७ औं बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई साधारणसभामा पेश गरिनेछ ।
फाइनान्सले गत आवमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ हुने गरी ८ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको चुक्ता पुँजी ३५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4