+
+
Shares

सिद्धार्थ बैंकले शुरु गर्‍यो ‘अटो लोन’

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १८:१५

२४ भदौ, काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले अटो लोनको शुरुवात गरेको छ । बैंकले नेपालीहरुको महान चाड बडादशैं र शुभ दिपावलीको अवसर पारेर एस.डि.बि.एल. अटो लोनको शुरुवात गरेको हो । व्यक्तिगत गाडी खरिद गर्न चाहाने दाजुभाई तथा दिदी shidhartha-Dev.-Bankबहिनीहरुलाई लक्षित गरेर अटो लोन शुरुवात गरेको बैंकले जनाएको छ ।

बैंकले वाषिर्क ११.९९ प्रतिशत व्याजमा नयाँ तथा पुराना गाडी खरिद गर्न लोन प्रदान गर्ने भएको छ । अटो लोन लिँदा सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने, गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने, सात वर्षसम्ममा कर्जा चुक्ता गर्न सकिने, कर्जा अगि्रम भुक्तानी शुल्क नलाग्ने, कर्जा लिएको १ वर्षसम्म ब्याजदर परिवर्तन नहुने जनाएको छ । अटो लोन योजना ९० दिनसम्म मात्र लागु हुने बताइएको छ । बैंकका सबै शाखाहरुबाट सहज रुपमा कर्जा प्राप्त गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?