२५ भदौ, काठमाडौं । गत वर्ष दिल्लीमा बसमा भएको सामूहिक बलात्कारका चार अभियुक्तलाई अदालतले दोषी ठहर गरेको छ । अदालतले बुधबार सजाय सुनाउनेछ ।
उनीहरुलाई सामूहिक बलात्कार, हत्या, हत्या प्रयास, अप्राकृतिक कृत्य, प्रमाण मेटेको र डकैतीको आरोप थियो । एक नाबालिग दोषीलाई यसअघि नै तीन वर्षको सजाय भइसकेको छ भने एकले जेलमै आत्महत्या गरिसकेका छन् । न्यायाधीश योगश खन्नाले फैसला सुनाएपछि उनीहरुलाई लैजाँदै गर्दा अदालत परिसरमा रहेका उनीहरुका आमाको आँखामा आँसु थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4