+
+
Shares

चुनाव हुन्छ, शंका नगर्नोस् : निर्वाचन आयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १७:२६

२५ भदौ बिराटनगर । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै समयमा संविधानसभाको चुनाव गराउन निर्वाचन आयोग लागिपरेको भन्दै मंसिर ४ मा चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।

बिराटनगरमा शुरु भएको निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी क्षेत्रीय कार्यशालामा सहभागी हुन आउनुभएका आयुtm यादवले अनलाइनखबरसँग सक्षिप्त कुराकानी गर्दै चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको हो ।

निर्वाचन आचार संहिता अनुगमन, उजुरी र विवाद निरुपण लगायतका आधारभूत विषयमा निर्वाचन आयोगले काम अगाडि बढाइसकेको यादवले जानकारी दिनुभयो । निर्वाचनको कानुनी आधारलाई अहिले पनि दल दर्तालगायतका विषयमा देखिएका समस्या दलहरु बसेर चाँडै समाधान आवश्यक रहेको भन्दै उहाँले यसका लागि दलहरुले बाटो खुल्ला गरिदिनु पर्ने बताउनुभयो ।

निर्वाचन कार्यविधिअनुसार विराटनगरमा मंगलबारबाट निर्वाचन सञ्चालन तथा व्यवस्थापन क्षेत्रीय कार्यशाला शुरु भएको छ । कार्यशालामा पूर्वका १६ जिल्लाका निर्वाचन अधिकृतका रुपमा खटिने न्याय सेवा एवं कानुनी सेवामा आवद्ध ५६ जनाको सहभागिता छ । दुईदिनसम्म चल्ने सो कार्यशालामा निर्वाचन आयुक्त यादवले निर्वाचन सञ्चालनका लागि प्रचलित कानुन एवं निर्वाचन सञ्चालन गर्दा अपनाउनु पर्ने विधिका वारेमा निर्वाचन अधिकृतहरुलाई अभिमुख गराउनु हुने जिल्ला निर्वाचन आयोग मोरङका प्रमुख विनोद दाहालले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?