Comments Add Comment

बैद्यसँग वार्ताको औचित्य सकिएको राजनीतिक समितिको निष्कर्ष

२५, भदौ, काठमाडौं । ‘वैद्यजीहरुसँग मैले आज पनि छलफल गरेर आएको छु, उहाँहरुले दलको नेतृत्वमा राजनीतिक सरकार बनाउनुपर्छ र मंसिर ४ को चुनाव सार्नुपर्छ भन्नु भो, मैले कुनै पनि हालतमा हुँदैन भनें ।’

उच्चस्तरीय राजनीतिक समितिको मंगलबार आयोजित बैठकमा समितिका संयोजकसमेत रहनुभएका कांग्रेस सभापतिले यस्तो रिपोर्टिङ गर्नुभएपछि समितिको बैठकले नेकपा-माओवादीसँग वार्ताको औचित्य सकिएको निश्कर्ष निकालेको छ । यद्यपि मंसिर ४ को चुनाव नसार्ने शर्तमा वैद्य माओवादी चुनावी प्रक्रियामा आउँछ भने बाटो बन्द नगर्ने समितिको निश्कर्ष छ ।

‘वैद्यजीहरु मंसिर ४ को चुनावमा आउनुहुन्न भन्ने समितिको निश्कर्ष छ,’ वैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने-‘तर, अझै पनि चुनावमा आउँछन् भने वार्ता नै नगर्ने र ढोका बत्रन्द गर्ने भनिएको चाहिँ होइन ।’

दुईसाता अघि गालमेच सम्मेलनमा सहमति भैसकेर भड्किएको ३३ दलीय मोर्चासँगको वार्ता पुन बस्न सकेको छैन । तर, यसवीच कांग्रेस र एमालेका नेताहरुले वैद्य पक्षका नेतासँग तारन्तार भित्रीरुपमा वार्ता गर्दा पनि सहमतिमा पुग्न नसकेको मंगलबार समितिको बैठकमा नेताहरुले बताए । यसवीच एमाले नेता माधव नेपाल, कांग्रेस नेता कृष्ण सिटौला र मीनेन्द्र रिजालले पनि वैद्य माओवादीका नेताहरुसँग अलग-अलग वार्ता गर्नुभएको थियो ।

समितिको बैठकमा मंगलबार सुशील कोइरालालेजस्तै एमाले नेता माधव नेपालले पनि वैद्य पक्षसँग आफूले गरेको कुराकानीको रिपोर्टिङ गर्नुभएको थियो । ‘मलाई पनि वैद्यजीहरु मंसिर ४ को चुनावमा आउनुहुन्छ भन्ने विश्वास लागेन ।’ माधव नेपालले बैठकमा भनेको उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।

कांग्रेस नेता मीनेन्द्र रिजाल र कृष्णप्रसाद सिटौलाले पनि वैद्य माओवादी मंसिर ४ को चुनावमा नआउने बैठकमा रिपोर्टिङ गर्नुभएको थियो । माओवादी नेताहरुले चुनाव सारौं मात्रै भन्ने गरेको तर, चुनाव सारे पनि त्यसमा भाग लिने प्रतिवद्धता भने नजनाएको गुनासो रिजाल र सिटौलाको थियो ।

बाधा अड्काऊ तत्काल संशोधन गर्ने निर्णय

यसैवीच चारदलीय उच्च्स्तरीय संयन्त्रको बैठकले २५ बुँदे बाधा अड्काऊ फुकाउने आदेश तत्कालै संशोधन गरेर संविधानसभाको सीट संख्या बढाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेका छन् । यसबा लागि शीर्षनेताहरुले बुधबार मन्त्रि परिषद अध्यक्ष खिलराज रेग्मीलाई भेट्ने निर्णयसमेत गरेका छन् ।

अमेरिका भ्रमण रद्द गर्न आग्रह गरिने

राजनीतिक समितिको बैठकमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अध्यक्ष रेग्मीको आशन्न अमेरिकाभ्रमण रोक्नुपर्ने प्रस्ताव गरेपछि समितिले उक्त प्रस्ताव पारित गरेको स्रोतले बतायो । यो निर्णय अनुसार बुधबार रेग्मीलाई भेटेर चार दलका नेताले रेग्मीलाई भ्रमण स्थगित गर्न अनुरोध गर्ने भएका छन् । सरकारले मंगलबारमात्रै गृहमन्त्री अमेरिका नजाने र रेग्मीको भ्रमणको तिथिसमेत छोट्याउने निर्णय सार्वजनिक गरे पनि चार दलले यसमा चित्त बुझाएका छैनन् । ‘भ्रमण छोट्याएर मात्रै पुग्दैन, यस्तो संवेदनशील बेलामा भ्रमण स्थगन गरिनुपर्छ भन्ने उच्च्स्तरीय राजनीतिक समितिले सर्वसम्मत निर्णय गरेको छ । समितिको बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नोस् 

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको न्यूयोर्क भ्रमण छोट्टियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment