Comments Add Comment

दरबारले वितरण गर्न नभ्याएका विभूषण अलपत्र

२८ भदौ, काठमाण्डौं । तत्कालीन दरबारले वितरण गर्न नभ्याएका सयौं विभूषण जिम्मा लिइदिने फेला पर्न सकेको छैन् । जिम्मा लिइदिने कोही नभएपछि ती विभूषण परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागको दुईवटा कोठामा थन्क्याइएको छ ।

तत्कालीन राजकीय सम्पत्ति कोष विभागले ती विभूषण तयार गर्न लगाएको थियो । विभूषण ललितपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयले तयार गरेको थियो । विभूषण सुन तथा चाँदीबाट बनाइएको गोरखापत्र दैनिकमा खबर छ । थन्काइएका ती विभूषण कति रुपैयाँ बराबरका हुन भन्ने थाहा हुन सकेको छैन् ।

नारायणहिटी दरबार संग्रहालयका प्रमुख लेखबहादुर कार्कीले करिब सात सयवटा विभूषण थन्किएका र ती सबै आफ्नो जिम्मामा अहिलेसम्म रहेको बताउनुभयो ।

। विभूषण ललितपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयले तयार गरेको थियो । विभूषण सुन तथा चाँदीबाट बनाइएको गोरखापत्र दैनिकमा खबर छ । थन्काइएका ती विभूषण कति रुपैयाँ बराबरका हुन भन्ने थाहा हुन सकेको छैन् ।

नारायणहिटी दरबार संग्रहालयका प्रमुख लेखबहादुर कार्कीले करिब सात सयवटा विभूषण थन्किएका र ती सबै आफ्नो जिम्मामा अहिलेसम्म रहेको बताउनुभयो ।

‘अहिलेसम्म मेरै जिम्मामा छन्,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रालयलाई जिम्मा लगाउन खोजेका हौं तर ती बुझबुझारथ गर्ने मानिस नै फेला पार्न सकिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment