Comments Add Comment

नुवाकोटमा बाली शिवर

कपिलदेव खनाल

२८ भदौ, नुवाकोट । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला हरिहर भवन ललितपुर र जिल्ला कृषि विकास कार्यालय नुवाकोटको आयोजनामा नुवाकोटको गणेस्थान गाउँ विकास समितिको वडा नम्बर ४ फेदीबेशीमा एक दिने बाली शिविर सञ्चालन गरिएको छ ।

फेदीवेसीमा रहेको नागरिक महिला साना किसान कृषि सहकारी सस्थाको समन्वयनमा भएको शिविरमा किसानहरुले लगाएका बाली, तरकारी तथा फलफुल लगायतका विरुवाहरुको जाँच परीक्षण गरिएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका तीन जना, जिल्ला कृषि विकास कार्यालय नुवाकोटका बाली संरक्षक अधिकृत राधेश्याम बराई लगायतको टोलीले विरुवाको जाँच परीक्षण गर्नुभएको थियो ।

शिविरमा अन्नबालीको रुपमा सबैभन्दा बढी धान, तरकारीको रुपमा गोलभेडा तथा फलफुलमा सुन्तालको विरुवाको जाँच गरिएको थियो । धानमा ढुसीबाट देखा पर्ने रोग र बेक्टरिल लिप, गोलभेडामा डडुवा तथा सुन्तलामा व्यवस्थापन पक्षमा कमजोरी पाइएको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका बाली संरक्षक अधिकृत सालिकराम अधिकारीले जानकारी दिनुभएको छ । शिविरमा गणेशस्थान सहित खाँनीगाँउ, नर्जामण्डप, खरानीटार, हल्देकालिका लगायतका गाविसका किसानहरुले विरुवाको जाँच गर्न ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment