२८ भदौ, ललितपुर । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा चुनावमा आए चुनावको मिति केही हेरफेर गर्न सकिने वताउनु भएको छ । 
प्रचण्डले मोहन वैद्य नेतृत्वको मोर्चालाई पनि चुनावमा सहभागी गराउने प्रयास भइरहेको र चुनावमा आउन सहमत भए मंसिर ४ का लागि तोकिएको निर्वाचन हप्ता दश दिन पछि सार्न सकिने वताउनु भएको हो ।
नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनको राष्ट्रिय सम्मेलनको शुक्रवार ललितपुरमा उद्घाटन गर्दै प्रचण्डले चुनावमा आउने भए मिति हेरफेर गर्न सकिने तर सहमतिका नाममा चुनावलाई नै प्रभाब पार्ने खालका कुनै सम्झौता वैद्य नेतृत्वको मोर्चासंग हुन नसक्ने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,’मंसिर ४ को निर्वाचनलाई प्रभावित पार्ने गरी सम्झौता गर्न सकिँदैन । तर वैद्यजीहरु चुनावमा आउनु हुन्छ भने एक हप्तादेखि १० दिनसम्म चुनावको मिति हेरफेर गर्न सकिन्छ ।’
उहाँले अबको निर्वाचनमा पनि एमाओवादी पहिलो पार्टी बन्ने दावी गर्नु भयो । प्रचण्डले अबको निर्वाचनमा एमाओवादी एक सय ८० भन्दा बढी सिट जित्ने दावी गनु भयो । प्रचण्डले पूर्वदेखि पश्चिमसम्म एमाओवादी प्रवेशको लहर देखेर विपक्षीहरु तर्सिएको वताउनुभयो ।
प्रचण्डले एमाओवादीले चुनावै नचाहेको भन्ने आरोपको खण्डनसमेत गर्नु भयो । उहाँले भन्नुभयो,’चार दलवीच ११ बुँदे र २५ बुँदे वाधा अड्काउ फुकाउ आदेशमा सहमति भएपछि हामीले असारमै चुनाव होस् भन्ने चाहेका थियौ । तर त्यसो हुन सकेन । त्यसैले अब पनि निर्वाचन सर्नु हुँदैन । ‘
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4