Comments Add Comment

‘धोती’ र ‘टोपी’ वीच एकता

२८ भदौ, काठमाडौँ । ‘सबैले जातका लागिमात्रै सोच्दा नेपाल र नेपालीको कुरा कसैले गरेनन् ।’ शुक्रबार राजधानीमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका हातबाट माला लगाएर पार्टी प्रवेश गरेपछि गायक रेशम चौधरीले भन्नुभयो- ‘धोती र टोपीवीच एकता कायम गर्न म सद्भावना पार्टीमा प्रवेश गरेको हुँ ।’rajendra-ra-resham

सञ्चारकर्मीसमेत रहेका चौधरीले सद्भावना पार्टीमा प्रवेश गरे पनि अब आफूले राजनीतिमार्फत मधेसी, पहाडी र थारु वीचको मतभेद हटाउने बताउनुभयो ।’ अर्का नवप्रवेशी सुनिल भट्टले जातीयतामा देश विभक्त हुने अवस्थामा त्यसलाई एक बनाउने उद्देश्यले आफ सद्भावनामा प्रवेश गरेको बताउनुभयो ।

चुनाव सार्ने षड्यन्त्र हुँदैछ : महतो

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंसिर ४ को चुनाव सामर्ने षड्यन्त्र भइरहेको भन्दै चुनावको मिति कुनै पन हिालतमा सार्न नहुने बताउनुभएको छ । साथै संविधान सभाको निर्वाचन नहुन्जेलसम्म खिलराज रेग्मी नेतृत्वको सरकार परिवर्तन नहुने उहाँको भनाइ छ । राजधानीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महतोले मंसिर ४ गतेका लागि घोषित निर्वाचन सार्ने षडयन्त्र चलिरहेको भन्दै कुनै प्नि हालतमा मंसिरमै निर्वाचन हुनुपर्ने बताउनुभयो ।

दलहरुले सम्झौता गरेर निर्वाचनका लागि रेग्मी सरकार स्वीकार गरेकाले सरकार परिवर्तन गरेर निर्वाचन नगर्ने खेल कुनै पनि हालतमा स्वीकार्य नहुने महतोले स्पष्ट पार्नुभयो । उहाँले अहिले नेकपा-माओवादीलाई निर्वाचनमा ल्याउन मिति सार्ने हो भने भोलि धेरै दलहरु त्यसरी आउने बताउनुभयो ।

अखण्ड सुदुर पश्चिम मान्य हुने

समग्र मधेस एक प्रदेशको अडान राख्दै आएका महतोले कार्यक्रममा सुदुरपश्चिममा थरुहट र बाँकी जिल्लालाई अखण्ड सुदुरपश्चिम बनाए पनि मान्य हुने धारणा राख्नुभयो ।
आफ्नो पार्टीले उठाएका एजेण्डालाई राष्ट्रले स्विकारेकोले आफूहरु राष्ट्रिय पार्टीका रुपमा अघि बढेको भन्दै सबै जात जाती र सम्प्रदायवीच एकता गराउन अघि बढ्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment