Comments Add Comment

साना किसान विकास बैंकबाट ल्यापटप वितरण

२८ भदौ, जनकपुर । विपन्न तथा साना किसानहरुको आर्थिक सामाजिक विकासमा सक्रिय रहेका धनुषा, सर्लाही, सप्तरी, सिराहा, उदयपुर र सिरहाका १४ वटा साना किसान सहकारी संस्थाहरुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले ल्यापटप हस्तान्तरण गर्नु भएको छ ।

sana kisan

साना किसान सहकारी संस्थाहरुमा सूचना प्रविधिको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले एसियाली विकास बैंकको सहयोगमा साना किसान विकास बैंकबाट उक्त ल्यापटप बितरण गरिएको हो । यस बर्ष देशभरीका १०० साना किसान सहकारी संस्थाहरुलाई ल्यापटप बितरण गर्ने बैंकको कार्यक्रम रहेको छ ।

प्रमुख जिल्ला अधिकारी श्री मैनालीले सबै सहकारी संस्थाहरुले आफ्नो क्षमता अभिबृद्धि गर्दै शिक्षा र चेतना फैलाउन अझ विपन्न र गरीबहरु सम्म सेवा विस्तार गर्न आव्हान गर्नु भयो । साना किसान विकास बैंकका बरिष्ठ प्रबन्धक झलेन्द्र भटराईले सूचना प्रविधिको सहयोगबाट बढी भन्दा बढी गरिबमा कार्यक्रम विस्तार गर्न सहकारी कर्मीलाई थप समय प्राप्त हुने बताउनु भयो ।

डिभिजन सहकारी कार्यालय धनुषाका प्रमुख परमेश्वर यादवले साना किसान सहकारी संस्थाहरुले सेवामा विविधिकरण ल्याई सहकारी खेति र सहकारी पशुपालनमा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल राष्ट बैंक जनकपुरका व्यावस्थापक प्रदिप पौडेल, कृषि विकास बैंक लि. धनुषाका निर्देशक किशोरी महतो र शा.प्र. सत्यदेव राउतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment