Comments Add Comment

जंगल सफारी लजको दसैं योजना

३० भदौ, काठमाडौं । पर्यटकीय स्थल सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी “यसपालीको दसैं तिहार चितवनमा” योजना ल्याएको छ ।

janjal safari

असोज १ देखि कार्तिक मसान्तसम्म लागू हुने यस योजनाअन्तर्गत पर्यटकले दुई रात तीन दिनको प्याकेज मात्र ५ हजार ५ सय ५५ रुपैयाँमा सौराहा घुम्न पाउनेछन् ।

यस प्याकेजमा सहभागी हुनेले लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने छन् जङगल सफारी लजका प्रबन्ध निर्देशक सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हाती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् ।

यस योजनामा सहभागी हुने पर्यटकलाई एक तर्फी पर्यटकीय बसको सेवा समेत निःशुल्क दिने बताउँदै घिमिरेले भन्नुभयो, “हामीले विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौ ।”

सहुलियत मूल्यमा पूर्ण वातारणअनुकूलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाइ छ ।

सौराहालाई लोकपि्रय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको पनि उनले जानकारी दिए । “हामीले गत वर्ष पनि यस्तै योजना ल्याएका थियौं, सफल भयौं, त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,” घिमिरेले भने, “आन्तरिक पर्यटन फस्टाए हामीले पर्यटन क्षेत्रमा धेरै फड्को मार्न सक्छौं ।” झन्डै तीन वर्षअघि नयाँ संरचनासहित सञ्चालनमा आएको यस होटेलले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment