३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक जारीमा रहेका छाप, मसीको रंग र चिन्हलगायतका झन्झटिला प्रावधान हटाएर सरलीकृत गरेको छ । यसअघि नेपाल क्लियरिङ्ग हाउसले जारी गरेको निर्देशिका खारेज गर्दै केन्द्रीय बैंकले क्लियरिङ्ग वा पुनः भुक्तानीको रुपमा रिले हुने चेकको सटहीलाई सहजीकरण गरेको छ ।
नयाँ निर्देशनअनुसार, चेकको अगाडिको माथिल्लो भागमा चेक राइडर, चेक पंच, चेक प्रोटेक्टर वा रिवन राइटर लगाउनु पर्नेछ । चेकको अग्रभागमा रेखांकन वा वा रेखांकनसम्बन्धी छाप र ड्रअरको छापबाहेक अन्य कुनै किसिमको छाप लगाएका चेकको भुक्तानी गर्न बैंक बाध्य नहुने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
साथै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको युनियन पदाधिकारी व्यवस्थापनसँग स्वार्थ जोडिएको व्यक्ति रहन नपाउने व्यवस्था गरेको छ । सञ्चालक र प्रमोटरको एकाघर परिवार सदस्य युनियनमा पदाधिकारी बस्न नपाइने व्यवस्था गरिएको छ । केही बैंकले कर्मचारीको सम्भावित विरोधलाई रोक्न मुख्य प्रमोटरका नातेदार कर्मचारीकै नेतृत्वमा युनियन खोलेका छन् ।
प्रतिक्रिया 4