+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
25/1 (4.4)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

आर्मीद्वारा ब्रिटिस आर्मी ८ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १ गते १७:४४

१ कात्तिक, काठमाडौं । त्रिभुवन आर्मीले मैत्रिपूर्ण क्रिकेटमा ब्रिटिस आर्मी क्रिकेट टिमलाई ८ विकेटले पराजित गरेको छ ।

पुल्चोक मैदानमा ब्रिटिस आर्मीले प्रस्तुत गरेको १ सय ३ रनको लक्ष्य आर्मीले मात्र २ विकेटको क्षतिमा अन्तिम २ बल बाँकी छँदा भेट्टाएको थियो । आर्मीका नरेश बुढायरले २४ ब लमा ७ चौंका र एक छक्काको मदतमा ४२ रन बनाए भने महेश क्षेत्रीले ३६ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको ब्रिटिस आर्मीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा राहुल विकले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए भने राजेश पुलामी, चन्द्र साउद, अनिल मण्डल र नरेश बुढायरले समान १-१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?