Comments Add Comment

संघीय समाजवादीको घोषणापत्रमा सहकारी संघीयता

७ कात्तिक, काठमाडौं । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले समावेशी राष्ट्रपति प्रणाली र १४ प्रदेशको संघीय संरचनासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

महाराजगञ्जस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राईले घोषणापत्र सार्वजनिक गर्नु भएको हो । राईले आफ्नो पार्टीको घोषणा अन्य दलको भन्दा सर्वोत्कृष्ट भएको दाबी गर्नुभयो ।

Ashok-Raiसंघीय समाजवादीले अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समितिले बहुमतले पारित गरेको १४ प्रदेशको प्रस्तावलाई नै स्वीकार गरेको बताएको छ । तर, त्यसको नामांकन, सीमांकनमा भएका केही कमजोरी सच्याइने घोषणा पत्रका मस्यौदाकार एवं महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

संघीय समाजवादीले प्रदेशहरुको निर्माण द्वैत वा प्रतिस्पर्धात्मक नभई सहकारी संघीयताको मान्यताअनुरुप हुनुपर्ने बताएको छ । ‘यस्तो संघीयतामा केन्द्रले आर्थिक समानीकरणको नीति अनुरुप वित्तिय सन्तुलन कायम गर्ने भएकाले पहिचानमा आधारित प्रत्येक समुदायले समान रुपमा स्वायत्तता र स्वशासन उपयोग गर्न सक्दछन्’ घोषणा पत्रमा उल्लेख गरिएको छ । यसरी संघीय एकाई निर्माण गर्दा पहिचानलाई प्राथमिक आधार र सामथ्र्यलाई द्वितीय आधार बनाउनु पर्ने संघीय समाजवादीको प्रस्ताव छ ।

समावेशी राष्ट्रपतीय प्रणाली

संघीय समावादीले समावेशी राष्ट्रपतीय प्रणालीको प्रस्ताव अघि सारेको छ, जसमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति संघीय सरकारको पनि कार्यकारी प्रमुख हुनेछ । राष्ट्रपति र उपराष्ट्रपति एउटै प्रदेशबाट हुन नहुने तथा उनीहरुको जाति तथा समुदाय र लिंग पनि फरक हुनुपर्ने संघीय समाजवादीको प्रस्ताव छ । राष्ट्रपतिले संघीय व्यवस्थापिकाको अनुमादनमा प्रधानमन्त्री नियुक्त गर्न सक्ने छन्, अनिवार्य रुपमा अर्को जाति/समुदायको हुनु पर्नेछ ।

संघीय समाजवादीले सबै तहमा निर्वाचित कार्यकारी प्रमुखसहित सहकार्यात्मक सरकारको प्रस्ताव घोषणापत्रमा गरेको छ । प्रदेशका मुख्यमन्त्रीहरु पनि प्रत्यक्ष चुनिनेछन् भने केन्द्रमा संघीय र संवैधानिक तथा प्रदेशहरुमा उच्च अदालतको प्रस्ताव छ ।

अघिल्लो संविधानसभाको समिक्षा गर्दै संघीय समाजवादी पार्टीले घोषणा पत्रमा कांग्रेस र एमालेलाई यथास्थितिवादी/प्रतिक्रियावादी शक्ति भनेको छ भने एकीकृत नेकपा माओवादी अविश्वसनीय र ढुलमुले चरित्रको भएको ठहर छ । उसले मधेस केन्द्रीत दलहरुलाई आफ्नो एजेन्डा स्थापित गर्न असफल दल भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment