+
+
Shares

एमाओवादी मेची महाकाली अभियान अनुमतिमै : निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २४ गते १७:२२

२४ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले आफ्नो अनुमति लिएर नै मेची महाकाली जागरण अभियान चलाएको निर्वाचन आयोगले बताएको छ । माओवादीको अभियान आचारसंहिता विपरित भएको भन्दै नेपाली कांग्रेसले आयोगमा उजुरी गरेको छ ।

election-commission-nepalआइतबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एमाओवादीले आयोगको अनुमति लिएर मात्र अभियान चलाएको बताउनुभयो । ‘मेची महाकाली अभियान अनुमति लिएर नै भएको हो । सभा जुलुस गर्न पाइन्छ’ उहाँले भन्नुभयो-‘बाटो भने अवरुद्ध गर्न पाइँदैन । कसैले गरे हामीले नगर्न सचेत गराउँछौं ।’

दलहरुले माग गरेपछि आचारसंहिता अनुहार हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको भन्दै उहाँले कुनै दललाई भेदभाव नगरेको बताउनुभयो । एउटा दलले २ करोड ५१ लाखसम्म खर्च गर्न पाउँछन्’ उहाँले भन्नुभयो-‘एउटै निर्वाचन क्षेत्रमा ५० लाख, १ करोड खर्च गरेको पाइएमा भने हामी कारवाही गछौं ।’ आयोगले तराईका जिल्लामा हेलिकोप्टर प्रयोग गर्न नदिएको तर, दुर्गम र हिमाली क्षेत्रमा भने दिएको उहाँको भनाई छ ।

२०६४ को निर्वाचनको तुलनामायो पटक राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम सबैले आचार संहिता पालना गरेको आयुक्त यादवले बताउनुभयो । सत प्रतिशत पालना कहिल्यै नहुने भन्दै उहाँले आयोगले २४ सै घण्टा अनुगमन गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?