+
+
Shares

ट्रम्पसँगको वार्ताका लागि पुटिन अमेरिका प्रस्थान

ट्रम्प र पुटिनको भेटवार्ता मुख्यत: युक्रेन युद्धका विषयमा केन्द्रित हुने अपेक्षा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते २२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि अमेरिका प्रस्थान गरेको छ।
  • शिखर वार्ता अमेरिकी राज्य अलास्काको एंकोरेजमा शुक्रबार हुने र मुख्य विषय युक्रेन युद्ध रहने अपेक्षा गरिएको छ।
  • क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्प र पुटिनबीचको भेटपछि कुनै संयुक्त घोषणापत्र जारी नहुने बताएका छन्।

२९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ ।

अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरिसकेको फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार २४ले देखाएको हो ।

महाशक्ति राष्ट्रका दुई शिर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्काको सबभन्दा ठूलो शहर एंकोरेजमा भेटवार्ता हुँदैछ ।

ट्रम्प र पुटिनको भेटवार्ता मुख्यत: युक्रेन युद्धका विषयमा केन्द्रित हुने अपेक्षा छ ।

यसैबीच क्रेमलिनले भने ट्रम्प र पुटिनबीचको भेटपछि संयुक्त घोषणापत्र जारी नहुने प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भोलि शुक्रबारको शिखर बैठकपछि कुनै दस्तावेज वा घोषणापत्र जारी हुने सम्भावना नभएको बताएका हुन् ।

उनले भने, ‘कुनै दस्तावेज जारी हुने अपेक्षा छैन, त्यसका लागि केही पनि तयारी गरिएको छैन ।’

उनका अनुसार ट्रम्पसँगको वार्तापछि पुटिनले संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी र सहमतिको खाका सार्वजनिक गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?