+
+
Shares

पुटिनसँगको भेट सकारात्मक भए जेलेन्स्कीसँग दोस्रो वार्ता : ट्रम्प

पुटिनसँगको बैठकपछि तुरुन्तै जेलेन्स्की थप वार्ताका लागि तयार हुने–नहुने प्रश्नमा उनले अड्कलबाजी नगर्ने ट्रम्पको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई बोलाउने बताएका छन्।
  • ट्रम्पले पुटिनसँगको बैठकपछि जेलेन्स्कीलाई फोन गरी दोस्रो बैठकको तयारी गर्ने र वार्ता असफल हुने सम्भावना २५ प्रतिशत मात्र रहेको बताएका छन्।
  • ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटका अनुसार ट्रम्प र पुटिनबीच वान टु वान वार्ता हुनेछ र त्यसपछि दुई देशका प्रतिनिधिमण्डलले सँगै भोजन गर्ने कार्यतालिका छ।

२९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा हुने रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने बताएका छन् ।

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग हुने शिखर वार्ताबारे फक्स न्यूज रेडियोसँग कुरा गर्दै ट्रम्पले छलफल सकारात्मक भए युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई फोन गरी दोस्रो बैठकको तयारी गर्ने बताएका हुन् ।

उनका अनुसार यस्तो बैठक अलास्कासहित विभिन्न स्थानमा हुन सक्नेछ । तर, पुटिनसँगको बैठकपछि तुरुन्तै जेलेन्स्की थप वार्ताका लागि तयार हुने–नहुने प्रश्नमा उनले अड्कलबाजी नगर्ने बताए ।

ट्रम्पले पुटिनसँगको भेटपछि पत्रकार सम्मेलन गर्न सक्ने तर वार्ता अपेक्षाअनुसार नभए एक्लै पत्रकारलाई सम्बोधन गरेर अमेरिका फर्किने बताएका बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि क्रेमलिन र ह्वाइट हाउस दुवैले दुई नेताको भेटपछि संयुक्त पत्रकार सम्मेलन हुने बताएका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटका अनुसार शुक्रबार ट्रम्प–पुटिनबीच वान टु वान वार्ता हुनेछ । वार्तापछि दुई देशका प्रतिनिधिमण्डलले सँगै भोजन गर्ने कार्यतालिका छ ।

पुटिनसँगको वार्ता असफल हुने सम्भावना २५ प्रतिशत : ट्रम्प

राष्ट्रपति ट्रम्पले रुसी समकक्षी पुटिनसँगको भेट असफल हुने सम्भावना कम रहेको बताए । यद्यपि उनले आशंकाका साथ त्यस्तो सम्भावना २५ प्रतिशत मात्रै भएको फक्स न्यूज रेडियोसँगको कुराकानीमा भनेका छन् ।

साथै ट्रम्पले युक्रेन र रुसबीच जारी भूभागको विवाद लेनदेनबाट टुंग्निुपर्ने आवश्यकता औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?