+
+
Shares

विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बज्राचार्यको निधन

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २५ गते १४:४७

२५ कात्तिक, काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वैज्ञानिक प्राध्यापक डा. दयानन्द बज्राचार्यको निधन भएको छ । डा. बज्राचार्यको सोमबार ६८ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको हो । उहाँको सोमवार नै शोभा भगवतीमा अन्त्येष्टी गरिएको छ । तत्कालिन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापनाकालका सुरुका १५ प्राज्ञ मध्येका एक थिए ।

उनको पुस्तक वैज्ञानिक गोरेटोमा निकै चर्चित समेत बनेको थियो । उनले विभिन्न राष्ट्रिय पत्रिकाहरुमा नियमित रुपमा विज्ञान प्रविधि तथा वातावरण सम्बन्धि लेख रचना समेत लेख्दै आएका थिए । काठमाण्डौको मरुटोलामा जन्मिएका बज्राचार्य दश वर्षको भएपछि एकैपटक ९ कक्षामा भर्ना भएर १२ वर्षको उमेरमै एस एल सी उत्तीर्ण गरेका थिए । उनले पब्लिक साइन्स क्याम्पसबाट आइ एस्सी र त्रि चन्द्र क्याम्पसबाट बि एस सी उत्तीर्ण गरे । स्नातक अध्ययनकै क्रममा उनको रुची वनस्पती विज्ञानतर्फ ढल्कियो । उनी त्यसपछि वनस्पतीकै अध्ययनमा क्रियाशील रहे । डाक्टरी पढाउने परिवारको इच्छा विपरित उनी वनस्पती शास्त्र विषयमा स्नातकोत्तरमा भर्ना भए छात्रवृत्ति पाएर भारतको गोरखपुर विश्वविद्यालयमा । २० वर्षको उमेरमै वनस्पती विज्ञानमा एम एस्सी पास गरी नेपाल फर्किएर उनले स्नातकोत्तर तहमा अध्यापन सुरु गरे ।

उनी ३१ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयकोसबैभन्दा कान्छो प्राध्यापक बने भने ४१ वर्षको उमेरमा रेक्टर बने । उनले ३० वर्षसम्म प्राध्यापक गरे । उनी विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठानमा सबैभन्दा लामो कार्यकाल सम्म उपकुलपति हुने वैज्ञानिक पनि हुन् । उनले जर्मनीबाट वनस्पती विज्ञानमै विद्यावारिधी गरे । जर्मनीबाट पिएचडी गर्ने उनी पहिलो नेपाली हुन् । उनले आफ्नो जिवनकालमा ४० भन्दा बढि देशको भ्रमण गर्नुका साथै ३१ भन्दा बढि नोबेल पुरस्कार विजेता वैज्ञानिकहरुसँग सँगत गर्ने मौका पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?