Comments Add Comment

हे दैव ! कुन् जन्मको सजाय दियौ हामीलाई

तेजन खड्का

१८ मंसिर, मोरङ । २२ औं विश्व अपाङ्ग दिवस देशभरी मनाइरहादा मोरङ इटहरा-७ सिक्किमे टोलका अपाङ्ग परिवार भने बेखबर छ । अपाङ्गहरुको हितमा काम गर्ने संस्थाहरु व्यानर र प्लेकार्डसहित सडकमा निस्किरहादा उनीहरुले भोग्नुपरेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन ।

अपाङ्गहरुको क्षेत्रमा क्रियाशील संस्थाहरुले लाखौं बजेट खर्चेर मनाइरहेका दिवसका समाचार रेडियो टिभीमा हेर्दा उनीहरुलाई आलो घाउमा नुनचुक छर्केजस्तै पीडा हुन्छ । ६३ वर्षीय तुलसीराम ढुङ्गाना र ४६ सृजना ढुङ्गनाका पाँचजना अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन् । ढुङ्गाना परिवारका २ छोरा र ३ छोरीले कम्ता कष्टपूर्ण जीवन बिताउनुपरेको छैन ।

Apangata Vayaka ko Bijogशारीरिकरुपमा अपाङ्ग भएकाहरु ३६ वर्षीय निर्मला, ३४ वर्षीय निर्मल, ३० वर्षीय उमेश, २१ वर्षीय पार्वता र १९ वर्षीय गोमाले सानै उमेरदेखि यस्तो कष्टपूर्ण जीवन जिउनु परेको हो । जन्मेको केही महिनापछि नै बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामन्य नहुने बुझिएसको थिए । भनिन्छ, छोराछोरी भनेका बुढेसकालका लौरो हुन्, तर यी ढुङ्गना दम्पतीको हकमा भने यो उखान उल्टो भएको छ । यी दम्पत्तिको दिनरात अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा वित्छ । यी दम्पत्ति ५ जना छोराछोरीका गोठालोसरह भएका छन् ।

शारीरिक तथा मानसिकरुपमा समते अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्याही बस्ने, दिशा पिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङ्गानाले बताउनुभयो ।

‘५ जना अपाङ्ग छोरा छोरी स्याहार्दै आफ्नो १० कठ्ठा खेत पनि कमाउन सकिएको छैन’, आमा सृजनाले भावुक हुदै भन्नुभयो, ‘यो १० कठ्ठा जमिनले पनि खान पुग्दैन । छोराछोरी स्यहार्दै दिन वित्ने भएकाले खेत अधिंया दिएका छौं ।’

ढुङ्गाना दम्पती मध्ये तुलसीराम ६६ वर्षका हुनुहन्छ भने सृजना ४६ वर्षकी । अपाङ्ग छोराछोरी स्याहार्ने दुवैजना पनि आफैंमा स्वस्थ छैजन् । ‘शरीरमा बल हराइसकेको छ, म चिनी र क्षयरोगबाट पीडित छु’, तुलसीरामले भन्नुभयो, ‘मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो ।’

Apangata Vayaka ko Bijog 1पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी विरामी दम्पत्तिले खाना खुवाए देखि दिशा पिसाब गर्दा समेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ । छोराछोरीलाई सम्हाल्दै यी दम्पत्तिले छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउँदैनन् ।

‘एकक्षण छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ’, तुलसीरामले भन्नुभयो, ‘पाँचजनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यीनलाई कसले स्याहारिदेला दैब ।’

सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङ्गना दम्पत्तिले आशा पालेका छन् । ‘हाम्रा छोराछोरीको विजोग देखेर कठैबरी भन्ने मात्र छन्’, सृजनाले भन्नुभयो, ‘संघ संस्थाका व्यक्तिहरु चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन तर आजसम्म कसैले एक पैसो सहयोग गरेका छैनन् ।

एउटै आमाका होइनन् अपाङ्ग छोराछोरी 

पाँचजना अपाङ्ग छोराछोरीका बाबु तुलसीरामले कोकिलादेवी ढुङ्गनासँग पहिलो विवाह गर्नुभएको थियो । कोकीलाको कोखबाट ४ जना सन्तानको जन्म भयो, जसमध्ये निर्मल र निर्मला सुस्त मनस्थितीका भए भने दिपक र सीता शारीरिक रुपमा सबलाङ्ग जन्मे ।

सवलाङ्ग रहेका दीपक र सीता दुवै आफ्नो खुट्टामा उभेका छन् । सीता बैवाहिक जीवनमा बाँधिएकी छन् भने दीपक बैदेशिक रोजगारमा गएका छन् । पहिली पत्नी कोकिलाको ०३८ सालमा मृत्यु भएपछि दुई अपाङ्ग छोराछोरीको स्याहारकै लागि तुलसीरामले साली सृजनासँग विहे गरे ।

सृजनाबाट पनि चार सन्तानको जन्म भयो । उनले दिदिका जस्तै आफ्ना पनि छोराछोरी अपाङ्ग हुने कुरा कल्पना समेत गरेकी थिइनन् । उनीबाट जन्मेका ४ सन्तानमा तीनजना पनि सुस्तमनस्थितीका भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment