+
+
Shares

भारतीय प्रमले भने- पूर्वाधार, विद्युत र उद्योगमा लगानी बढाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ५ गते १९:०२

Finance-Minister५ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपाललाई पूर्वाधार विकास, जल विद्युत र उत्पादनमूलक उद्योगमा लगानी बढाउन सल्लाह दिएका छन् । सार्क मुलुकका वाणिज्य मन्त्रीहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री सिंहले शान्तिपूर्ण र सफल निर्वाचन गराएकोमा वर्तमान सरकारलाई धन्यवाद दिंदै अब नेपालले आर्थिक विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

भेटमा सहभागी वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै भारतीय प्रधानमन्त्रीले लगानी अभिवृद्धिमा जोड दिएको जानकारी गराएका हुन् ।  सो अवसरमा भारतीय प्रधानमन्त्रीले व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन सुदृढ गर्न आग्रह गरेका थिए ।

अर्थमन्त्री कोइरालाले भारत भ्रमणका क्रममा भएको सरकारी र निजीक्षेत्रका उच्च पदाधिकारीहरुको भेलाले दक्षिण एशियामा उद्यमशिलताको विकास, उर्जाको अवस्था र भविष्यमा गर्नुपर्ने एजेण्डाका विषयमा महत्वपूर्ण निर्णय गरेको जानकारी दिए ।

वैठकमा नेपालले खेलेको भूमिकाका विषयमा मन्त्री कोइरालाले आपसी सहकार्य, व्यापार सहजीकरण, व्यापारजन्य पूर्वाधार विकास र भूपरिवेष्ठित देशको आपूर्तिजन्य क्षमता विकासमा सार्क राष्टहरुले साझा प्राथमिकता तय गरी अघि बढ्न सुझाव दिएको बताए ।

मन्त्री कोइरालाले सार्क राष्ट्रको सामूहिक विकासका लागि साफ्टालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा आफूले जोड दिएको बताएका छन् ।

भारतीय समकक्षी आनन्द शर्मासँगको भेटमा आफूले तेल पाइपलाइन, पारवहन सुविधाका विषयमा भारत सरकारको ध्यानाकर्षण गरेको जानकारी दिए । व्यापार घाटा कम उर्जामा लगानी बढाउन भारतीय मन्त्रीले सुझाव दिएको र पारवहनका असुविधा हटाउन तत्काल प्रयास थाल्ने आश्वासन पाएको मन्त्री कोइरालाको भनाइ थियो ।

सरकार र निजीक्षेत्रका प्रतिनिधिहरुको सक्रिय सहभागिताले बैठक प्रभावकारी भएको जानकारी दिंदै मन्त्री कोइरालाले दुवैको प्रयासबाट मात्र आर्थिक विकास सम्भव हुने बताए ।

मन्त्री कोइरालाले नेतृत्व गरेको बैठकमा वाणिज्य सचिव माधवप्रसाद रेग्मी, अर्थ, उद्योग तथा वाणिज्य मन्त्रालयका सहसचिवहरु र उद्योगी व्यावसायीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?