८ माघ, काठमाडौं । १२ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीको समर्थनमा राजीनामा दिने घोषणा गरेका चिकित्सकहरुले विहीबार टुाडिखेलमा विरामी जाँच्ने भएका छन् ।
स्वास्थ्य क्षेत्रमा रहेको विकृति रोक्न र प्रकृया मिचेर नियुक्त त्रिविका डिन शशी शर्माको राजीनामा माग गर्दै अनशनरत डा. केसीको आन्दोलनमा समर्थन गर्दै चिकित्सकहरुले टुँडिखेलमा क्याम्प खडा गरेर बिरामी जाँच्ने भएका हुन् ।
‘डिन शशी शर्माको पद निष्कृय पार्न मन्त्रिपरिषद्का अध्यक्षले निर्देशन दिएको २४ घण्टा पूरा भइसकेको छ’, चिकित्सक संघका प्रवक्ता लोचन कार्कीले भने, ‘आन्दोलनलाई अझ सशक्त पार्न सांकेतिकरुमा टुँडिखेलमा बिरामी जाँच्ने भएका हौं ।’
अस्पताल पूरा ठप्प पारेर चिकित्सकहरुले विरामी नजाँचेको कुरा गलत भएको जनाउँदै प्रवक्ता कार्कीले इमरजेन्सीमा आएका विरामीहरुको निरन्तर उपचार गरिरहेको दाबी गरे । ‘हामीले आन्दोलनसँगै बिरामी जाँच्ने कामलाई निरन्तरता दिइरहेका छौं, माग सुनुवाई नगरी त्रिवि कानमा तेल हालेर बसेकाले हामी अस्पतालबाट बाहिर जाने अवस्थामा पुगेका हौं ।’
चिकित्सक संघले माग पूरा नभएपछि विहीबार विहान १० बजेबाट टुाडिखेलमा क्याम्प खडा गरेर बिरामी जाँच्ने जनाएको हो । संघले बुधबार अपाहृन त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमलाई अझै कडा बनाउने घोषणा गरेको हो । संघले सर्वोच्च अदालतको आदेशलाई आफूहरुले अवहेलना नगरेको जनाउादै बाध्य भएर राजीनामा दिने निर्णयमा पुगेको जनाएको छ ।
यी समाचार पनि पढ्नोस्
प्रतिक्रिया 4