Comments Add Comment

नक्कली अपहरणकारीले पीडित परिवारसँग १६ लाख असुलेको खुलासा

गोपाल दाहाल

११ असार, धरान । विराटनगरस्थित राष्ट्रिय वाणिज्य बैंकका ऋण अधिकृत कृष्ण साहलाई अपहरणकारीबाट अपहरण मुक्त गराइदिने भन्दै चार युवाले परिवारसँग भारु १० लाख रुपैयाँ असुलेको खुलासा भएको छ । अनुसन्धानका क्रममा प्रहरीले दुई नक्कली अपहरणकारी बनेर पैसा असुल्ने दुई युवालाई दुई लाख नगदसहित पक्राउ गरेपछि गैरअपहरणकारीले पैसा असुलेको खुलेको हो । ८ लाख रुपैयाँसहित अन्य दुई जना भने फरार छन् ।

साह अपहरणमा परेको सार्वजनिक भएपछि सुनसरी औराबनीका रामनारायण यादव, बिराटनगर-१८ का देवानन्द यादव, अनोज र सनोज यादवको समुहले साहलाई छुटाईदिने भन्दै भारत पश्चिम बंगालको खोरीबारी गाउँबाट १० लाख भारु असुलेका थिए ।  प्रहरीका अनुसार सुनसरीका रामनाराण यादवले आफुले साहलाई छुटाईदिन सक्ने भन्दै असार २३ गते साहको परिबारसँग सम्पर्क गरेका थिए । त्यसपछि विराटनगरका सनोज यादवलाई अपहरण गर्नेहरुलाई चिनेको र अपहरण भएको पनि देखेको प्रत्यक्षदर्शी बनाएर साहको परिवारलाई थप विश्वासमा पारिएको थियो ।

साहलाई छुटाउन साहका दाजु गणेश साह र छिमेकी समिम मोहम्मद पैसा बोकेर भारतको पानीटयांङकी पुगेका थिए । सो समुहले पहिले दुई लाख रुपैयाँ लिएर बिराटनगरका अनोज यादवको आँखामा पट्टी बाँधी नक्कली साह बनाई टाढैबाट देखाएर थप रकम मागे । साह परिवारलाई शंका लागेपछि दुबै पक्षवीच फिरौतीका लागि चर्को बार्गेनिङ चलेको थियो । अन्त्यमा राती १० बजे साहका आफन्तहरुले बाध्य भएर थप ८ लाख रुपैयाँ भारु विराटनरका देबानन्द यादवलाई दिएका थिए ।

गाउँमा राती शंकास्पद गतिविधि भएपछि स्थानीयवासीले सबैलाई पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएका थिए । गाउँलेहरुले घेरा हालेको चाल पाएर रामनारायण यादब र देबान्द यादब ८ लाख रुपैया लिएर फरार भएका थिए ।  प्रहरी स्रोतका अनुसार गाउँलेहरुले जिम्मा लगाएका गणेश, सलिम, अनोज र मनोजलाई भारतीय प्रहरीले काँकडभिट्टा प्रहरीलाई जिम्मा लगाएको थियो । नेपाल प्रहरीले अनुसन्धान गरी अपहरित साहका आफन्तलाई छाडेको छ भने नक्कली अपहरणकारीसँग साँठगाँठ भएको बताउने मनोज यादब र नक्कली अपहरित साह बन्ने सनोज यादबलाई मोरङ प्रहरीको जिम्मा लगाएको छ । हाल मोरङ प्रहरीले अनोज र मनोजलाई हिरासतमा राखेर सार्बजनिक अपराधमा मुद्दा दर्ता गराएको छ ।

मोरङका एसपी बिश्वराज पोखरेलले साह अपहरणमा परेपछि संगठित ठग युवाहरुको समुहले १० लाख भारतीय रुपैयाँ फरार भएका देबानन्द र रामनारायण यादबको खोजी भैरहेको र नक्कली अपहरणकारी बन्ने सबैलाई संगठित अपराधमा मुद्दा दर्ता गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment