Comments Add Comment

वायुसेवा निगमलाई ‘पीपीपी’ मोडलमा सञ्चालन गरिने

१५ असार, काठमाडौं । सरकारले राष्ट्रिय ध्वजावाहक एयरलान्स नेपाल वायुसेवा निगमलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने घोषणा गरिउको छ ।

राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा निगमलाई पीपीपी मोडलमा सञ्चालन गर्न Nepal-Airlines-logosआवश्यक कदम बढाइने उल्लेख गरिएको छ । सरकारी स्वामित्वमा रहेको निगमलाई चुस्त दुरुस्त बनाई थप प्रभावकारी बनाउन सरकारले विशेष जोड दिने बताइएको छ ।

आन्तरिक तथा वाहृय उडानका लागि निगममा प्रयाप्त जहाजहरुको व्यवस्था मिलाउन सरकाले ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आफुभन्दा निकै पछाडि आएका निजी क्षेत्रका एयर अपरेटरहरुले उल्लेख्य प्रगति गरिरहेका बेलामा निगम भने अहिले जहाजविहीन जस्तै अवस्थामा पुगेको छ ।

कुनै समय आकाशमा १२ वटा ट्विनअटर जहाज उडाउने निगममा अहिले एउटा मात्र ट्वीनअटर जहाज सञ्चालनमा रहेको छ । गत हप्तादेखि निगमले चीनबाट ल्याएको मोडर्न आर्क (एमए-६०) जहाजबाट व्यवसायीक उडान सुरु गरेको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को क्षमता विस्तारमा जोड दिने बताएको छ । अहिले टीआइएको क्षमता विस्तार तथा पुनःनिर्माणको काम भइरहेको छ ।

त्यसैगरी सरकारको नीति तथा कार्यक्रममा पोखरा र भैरहवामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तिब्रताका साथ आगाडि बढाउने र बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल प्रकृया अगाडि बढाउने उल्लेख गरिएको छ ।

सुर्खेत, भरतपुरलगायतका तीनवटा विमानस्थलमा राति पनि जहाज अवतरण गर्न मिल्ने व्यवस्था गरिने सरकारले जनाएको छ । त्यसैगरी हाल सञ्चालनमा रहेका कच्ची एयरपोर्टलाई कालोपत्रे गर्ने र अन्य निर्माणाधीन एयरपोर्टको काम तिब्र गतिमा अगाडि बढाउने बताइएको छ । अन्य क्षेत्रमा एयरपोर्टको सम्भाव्यता अध्यन गरी निर्माण प्रकृया अगाडि बढाउन सरकारले जोड दिने भएको छ ।

पर्यटनमा प्रवर्धनमा जोड

त्यसैगरी सरकारले पर्यटन प्रवर्द्धनमा पनि जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मुलुकमा रहेका पर्यटकीयस्थलहरुको अन्तर्राष्ट्रिय जगतसम्म प्रवर्द्धन तथा बजारीकरण गरी पर्यटक आकषिर्त गर्ने बताइएको छ ।

मुलुृकको पर्यटन प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने बताएको छ । निजी क्षेत्रलाई अगाडि लगाएर पर्यटन प्रवर्द्धनमा लाग्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment