Comments Add Comment

राखेप उपाध्यक्ष टेन्डीद्वारा पदवहाली

१६ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष लामाटेन्डी शेर्पाले सोमबार पदवहाली गरेका छन् ।

गत जेठ २९ गतेको मन्त्री परिषद् बैठकबाट सदस्यमा नियुक्त भएका टेन्डीलाई राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आइतबार उपाध्यक्षमा नियुक्त गरेका थिए । पदबहालीअघि उपाध्यक्ष टेन्डीलाई मन्त्री पौडेलले शपथग्रहण गराएका थिए । सोही अवसरमा राखेप सदस्य शकुन्तला नगरकोटीलाई पनि शपथग्रहण गराइएको थियो ।

कार्यक्रममा मन्त्री पौडेलले खेलकुदलाई माथि उठाउने कुरामा विधि र प्रकृयाको पालना गर्नु पर्ने बताउदै खेलकुदको संरचनामा सुधार गर्नु पर्ने आवश्यकता औल्याए ।

पाध्यक्ष टेन्डीले आफूलाई दिएको जिम्मेवारी राम्रो काम गरेर पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुद एकताको माध्यम भएकाले यो क्षेत्रलाई स्वच्छ बनाउन लागि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment