+
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट :

इन्डोनेसियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

२०८२ असार  १५ गते ७:२५ २०८२ असार १५ गते ७:२५
इन्डोनेसियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

१५ असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ ।

हालसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो ।

समूह ए मा नेपालभन्दा २ खेल बढी खेलेको सिंगापुर ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर शीर्षस्थानमा छ भने २ खेलमा ४ अंक भएको नेपाल दोस्रोमा छ ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।

नेपालले यसपछि भुटानसँग खेल्न बाँकी छ ।

एसीसी यू१६ इस्ट जोन कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय