Comments Add Comment

प्रधानमन्त्री कोइरालाको रेडियोथेरापीबाट उपचार सुरु

१८ असार, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाको रेडियोथेरापीबाट उपचार सुरु हुँदै छ । स्वास्थ्य उपचारका लागि अमेरिकाको न्युयोर्कमा रहेका कोइरालाको स्लोन केटरिङ क्यान्सर हस्पिटलमा रेडियोथेरापीबाट उपचार सुरु गर्न लागिएको हो ।

कोइरालाको फोक्सोमा देखिएको दाग क्यान्सर पुष्टि भएपछि कोइरालालाई रेडियोथेरापीबाट उपचार गर्न लागिएको हो । प्रधानमन्त्री कोइरालालाई एक हप्तासम्म रेडियोथेरापी दिने र केही दिन आराम गरेर स्वदेश र्फकने उनका निजी चिकित्सक डा. करवीरथान योगीले जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण डा. मनजित सिंहको निगरानीमा भइरहेको छ भने रेडियोगथेरापी डा. एन्ड्रेस रिमरले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment