Comments Add Comment

बियरको नालीबेलीः कुन देशमा सस्तो ? कहाँका मानिस बढि पिउँछन ?

beer-in-detailमदिराजन्य पेय पदार्थमा बियर सर्वाधिक लोकप्रिय  तथा सुलभ मानिन्छ, विश्वभर नै । अल्कोहलमात्र नभएर क्यालोरी समेत पाइने भएकाले वियरको सन्तुलित सेवन स्वास्थ्यको लागि समेत लाभदायक हुने विज्ञहरु बताउँछन् । भिटामिन डी तथा क्याल्सियम समेत पर्याप्त पाइने भएकाले बियर धेरैको रोजाइमा पर्छ । विश्वमा कुन देशका मानिसले बढि बियर खाँदा हुन् ? कुन देशमा बियर सबैभन्दा सस्तो पाइँदो हो ? जान्ने चाहना सबैमा होला ।

फाइनान्स अनलाइन डट कमका अनुसार विश्वमा सबैभन्दा सस्तोमा बियर पाइने देश युक्रेन र भियतनाम हुन् । त्यहाँ औषतमा ५९ सेन्ट अर्थात् झण्डै ५६ रुपैयाँमा एक बोतल वियर पाइन्छ । कम्बोडिया, चेक गणतन्त्र, चीन, सर्विया तथा पनामा लगायतका देश वियर सस्तो पाइने देशहरु हुन् ।

वेबसाइट अनुसार मध्यपूर्वका देशहरुमा वियर नखाँदा राम्रो । किनकी त्यहाँ वियरको मूल्य निकै चर्को छ । त्यहाँका धेरै देशमा सार्वजनिक स्थापनमा मदिरा पान बन्देज मात्र छैन मदिरा निकै महंगो पनि छ । विश्वमा सबैभन्दा वियरको मूल्य सबैभन्दा महंगो भएको देश इरान हो । त्यहाँ एक बोतल वियरलाई ७४२ रुपैयाँ जति पर्छ । इरानमा १ बोतल वियर किन्न पुग्ने पैसाले युक्रेनमा १३ बोतल आउँछ ।

महंगो वियर हुने देशमा दोश्रो स्थानमा कुवेत पर्छ । कुवेतपछि युएइ, पपुवा न्युगिनी, सिंगापुर, नर्वे, कतार, अस्ट्रेलिया तथा जोर्डन जस्ता देशमा वियरको मूल्य चर्को छ । तथ्यांकले चेक रिपब्लिकका मानिस विश्वमा सबैभन्दा बढि जँड्याहा रहेको देखाएको छ । त्यहाँका प्रत्येक मानिसले वर्षमा औषतमा ४१९ बोतल वियर पिउँछन् । त्यस्तै अस्ट्रेलियालीले ३०४, जर्मनले २९९, तथा अमेरिकीले २१७ वियर बोतल एक वर्षमा रित्याउँछन् ।

विश्वमा वियरमा सबैभन्दा बढि पैसा खर्च गर्नेमा अस्ट्रेलियालीहरु नम्बर एक छन् । प्रतिव्यक्ति वियर खर्चका हिसाबले अस्ट्रेलियाका हरेक व्यक्तिले वर्षमा झण्डै ७२ हजार रुपैया वियरमा खर्च गर्छन् । वियरमा धेरै पैसा खर्च गर्नेमा आयरल्याण्डका मानिस दोश्रो र फिनल्याण्डका मानिस तेश्रो स्थानमा रहेका छन् ।

रोमानियालीहरु विश्वमा नामूद जँड्याहा मानिन्छन् । तर त्यहाँ वियर सस्तोमा पाइने भएकाले होला वियरको खपतको तुलनामा पैसा कम खर्च गर्नेमा उनीहरु अगाडि छन् । वियरमा कम खर्च गर्नेमा युक्रेन, बोस्निया, बुल्गेरिया, पनामा, दक्षिण अफ्रिका तथा मेक्सिकोका मानिस पर्छन् ।

विश्वमा सबैभन्दा बढि विक्रि हुने ४ मुख्य वियर ब्राण्ड मध्ये ३ वटा चाइनिज वियर नै छन् । विश्वमा सबैभन्दा बढि खपत हुने वियर स्नो वियर हो । अल्कोहलमात्र नभएर क्यालोरी समेत पाइने भएकाले वियरको सन्तुलित सेवन स्वास्थ्यको लागि समेत लाभदायक हुने विज्ञहरु बताउँछन् ।

price-of-beer-infographic-f

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment