Comments Add Comment

विश्वकपको समापनमा साकिराको प्रस्तुति

२० असार, रियो दि जेनेरिया । साकिराले रियो द जेनेरियोमा हुने विश्वकप फुटवल २०१४ को समापनका अवसरमा आफ्नो प्रस्तुति प्रदर्शन गर्ने भएकी छिन् । सो प्रर्दशनीसँगै उनले विश्पकपमा ह्याट्रिक  पुरा गर्ने छिन् ।

यसअघि उनले दुई पटक विश्वकपमा आफ्नो गीत प्रस्तुत गरिसेककी छिन् । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

कोलम्वियाकी पप गायिका साकिराले माराकाना स्टेडियममा १३ जुलाईमा प्रर्दशन गर्ने छिन् । उनले विश्वकपका लागि तयार पारेको आफ्नो गीत ला ला ला….भन्ने गीत गाउने छिन् । ‘म फुटबलसँग थुप्रै कारणले जोडिएकी छु । मैले धेरै मानिसका लागि विश्वकप भनेको के हो भन्ने बुझेको छु, उनले भनिन् ।’

उनी बार्सिलोला तथा स्पेनका स्टार खेलाडी जेराड पेकेकी श्रीमती हुन् । उनले यसअघि जोहान्सवर्गमा वाका वाका… गाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment