Comments Add Comment

एमाले बन्दसत्रमा कानेखुसी गर्न प्रतिवन्ध

२० असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशमामा सहभागी प्रतिनिधिहरुले बन्दसत्रमा कानेखुसी गर्न रोक लगाएको छ । अध्यक्ष मण्डलले जारी गरेको १६ बुँदे आचारसंहितामा बन्दसत्रमा पुस्तक, पर्चा या पत्रिका बाँड्न पनि रोक लगाइएको छ ।

बन्द सत्रलाई अनुशासित र मर्यादित बनाउने भन्दै आचारसंहितामा भनिएको छ-‘अधिवेशन चलिरहेको बेला होहल्ला गर्ने, कानेखुसी गर्ने, समूह-समूह भएर कुराकानी गर्ने र अधिवेशनको काम कार्बाहीलाई बाधा अवरोध गर्ने काम गर्नु हुँदैन ।’

अधिवेशनमा कुनै पनि नेताको पक्ष वा विपक्षमा हल्ला, हुटिङ र नाराबाजी गर्न रोक लगाएको छ । अध्यक्ष मण्डलको अनुमति विना बाँडिने पुस्तक, पर्चा वा पत्रिका जफत हुनेछ भने अनुमति नलिइ हल बाहिर जान नपाइने आचारसंहितामा भनिएको छ ।

बन्दसत्र चलिरहेको बेला मोबाइललाई कुरा गर्न पाइने छैन भने धुमपान, मद्यपान या सूर्तीजन्य पदार्थहरूको प्रयोग गर्न रोक लगाइएको अचारसंहितामा उल्लेख छ । सबै प्रतिनिधिहरूले प्रतिनिधि कार्ड देखिने गरी लगाउनु पर्नेछ भने वातावरणलाई अनावश्यक रूपले उत्तेजित बनाउने र बन्द सत्रलाई असहज बनाउने काम गर्नपाइने छैन ।

आचारसंहिता अनुसार असार २१ गते विहानसम्म स्थायी प्रतिनिधि कार्ड अनिर्वाय गरिएको छ । अस्थायी कार्ड रद्द गरिएको छ ।

यो पनि पढ्नुस्

महाधिवशेनमा रमाइलो भइरहेको छ : एमाले प्रतिनिधि

एमाले नेतृत्वले कार्यकर्तासँग माफी माग्यो

एमालेलाई बाबुरामको सुझाव : नयाँ शक्ति बनाऔं

भागबण्डा नमिलेपछि एमाले महाधिवेशन प्रतिनिधि मनोनयन भाँडियो

बन्दसत्रको अध्यक्ष मण्डलमा नेपाल र ओलीको भागवण्डा

बरालले गरे महाधिवशेनमा साबुनको प्रचार !

कहीँ नभएको जात्रा एमाले महाधिवेशनमा देखियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment